Sunday, April 26सत्यम खबर
Shadow

दोश्रो नगर अधिबेशन सम्पन्न

नेपालगन्ज, ७ चैत्र – नेपाल राष्ट्रिय शिक्षक संगठन नेपालगन्ज नगर कमिटीको दोस्रो अधिबेशन शनिबार सप्पन्न भएको छ ।
उक्त नगर अधिवेशनको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सदस्य चिरञ्जीवी सुबेदी विशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष बामदेब सुवेदी, उपाध्यक्ष रेखा धिताल सचिव महेस शर्मा लगायत शिक्षक अगुवाहरुको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले ब्यानर पढेर गरेका थिए ।
नगर अधिबेशनको निर्वाचन संयोजक बाबुराम अधिकारी रहेका थिए भने स्वागत मन्तव्य शान्ती कडेलले गरेकी थिईन ।

सर्वसम्मत गराउन जिल्ला अध्यक्ष बामदेब सुबेदीले अहम भुमिका खेली १९ सदस्यीय सनोजकुमार यादवको संयोजकत्वमा उपाध्यक्षद्वय लक्ष्मी पौडेल र कमलेसकुमार यादव, कोषाध्यक्षमा निर्मला केसी सचिवमा नारायण चालिसे सहसचिवमा भृकुटी शाही, सहकोषाध्यक्षमा पुष्पा साउद र सदस्यहरुमा हेमन्तराज काफले, पार्वती पौडेल, पशुपति लम्साल, सावित्री मल्ल, शर्मिला बन्जाडे, जानकी बुढाथोकी, रन्जु शाही, निरकप्रसाद जोशी, हरिप्रसाद शर्मा, लिलाबहादुर सुनार र उपेन्द्रप्रसाद यादव रहेका छन् । प्रमुख अतिथिले हाम्रो काम पढाउने हो र हामिले नियमित पढाउनु पर्छ हामी पढाउने तरिका पनि समय अनुसार फेरिदै जानु पर्छ तथा उहाँले संगठनका उतार चढाबका बारेमा बताएका थिए ।


शिक्षकहरुलाई निर्देशन दिदै अबको प्राबिधिक शिक्षा अनुरुप अपडेट हुनैपर्ने र शिक्षकहरुले बाल मनोविज्ञानलाई बुझेर पढाउनु पर्ने लगनसिल र मिहिनेत मात्र गरेर पढाई दियो भने विद्यार्थीमा गुणस्तर आफै आउने बताए । हामीले हाम्रो संगठन प्रतिको मोह बढाउनु पर्छ र शिक्षकका अधिकारका लागि निरन्तर लागि रहनेछौ भने ।
जिल्ला अध्यक्ष बामदेब सुबेदीले यसरी हामीहरु गोलबन्द भएर बस्दा आत्मियता बढ्ने र आफुमा भएका समस्याहरुलाई मिलेर सोधपुछ गरेर निवारण गर्न सकिने बताउनु भयो र यो नगर कमिटी एक सफल नगर कमिटी बन्नेछ बताएका थिए र कार्यक्रमको विसर्जन नवनिर्वाचित अध्यक्ष सनोजकुमार यादवले गरेका थिए भनी नगर सदस्य हेमन्तराज काप्mलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *