नेपालगन्ज, २४ फागुन – आज अन्तर्राष्ट्रिय नारी दिवस, मार्च ८ अर्थात फाल्गुन २४ गते १११ औं अन्तर्राष्ट्रिय नारी दिवस आज सोमबार बाँकेको नेपालगन्जमा एक कार्यक्रम गरि भब्य तरिकाले मनाइएको छ ।
मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ ।
२१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन् जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन्, हरेक दिन एक महिला बलत्कृत हुन्छिन् भन्दै नेपालगन्ज उपमहानगरपालिका कि उपमेयरले बताउनु भयो ।
यस पटकको अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न नारी केन्द्रित संघ संस्थाहरु, स्कुलले विद्यार्थी, निलसागर सेवा आश्रम, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरुको उपस्थिति सँगै नेपालगन्ज नगर परिक्रमा गरेका छन् । विपि चोक हँुदै बिरेन्द्र चोक, घरबारी टोल, त्रिवेणी मोड, सदरलाईन, त्रिभुवन चोक हँुदै पुन विपि चोक पुगि उपमहानगरपालिका हाता भित्र कोणसभामा परिणत भएको थियो ।
विभिन्न संघ संस्थाहरुले अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहेकै बेला सहभागीहरुबाट नारी दिवस के हो ? यसको सार्थकता कसरी पाउन सकिन्छ ? नारी दिवस कै अवसरमा पीडितहरुलाई न्यायको उचित व्यवस्थापन बारे किन सम्बन्धित पक्षहरुसँग प्रश्न गरिएन ? लगायत प्रश्न राखिएको थियो । जसमा सहभागीहरुकोले आ–आफ्नै तर्क राखेका छन् ।
प्रमुख प्रश्नको रुपमा हाल केही दिन अगाडी फुल्टेक्रामा घटेको घटनालाई राखिएको थियो । जसमा सहभागीहरुले पीडितले न्याय पाउनु पर्छ, हाल जुन गतिमा प्रहरीको सक्रियता हुनु पर्ने हो सो नभएकै कारण कानुनको फन्दामा अपराधी आउन नसकेको भनाई राखेका थिए ।
सहभागीहरु कै भनाई अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा प्रहरी प्रमुख ओमबहादुर राना आएदेखि ५ सयभन्दा बढी फरार अभियुक्तहरु पक्राउ गरि हिरासतमा पठाई सकेको तथ्यांक रहेको पाईन्छ । तर यस मुद्दामा किन प्रहरी प्रमुख मौन छन् त ? किन भारतबाट समन्वय गरी अपराधीलाई ल्याउन सकेका छैनन् ? भन्ने जस्ता प्रश्न समेत उठाएका थिए ।
उक्त कोणसभामा जिल्ला प्रहरी प्रमुख ओमबहादुर राना, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख ऊमा थापामगर, खजुरा गाउँपालिका उपप्रमुख लगायत जनप्रतिनिधि र नागरिक समाजका अगुवाइहरुकाका साथै विभिन्न संस्थाका ब्यानरसहित विद्यार्थी भाईबहिनीहरुको उपस्थिति रहेको थियो ।