Monday, April 27सत्यम खबर
Shadow

एसओएस स्वास्थ्य केन्द्र बर्दियामा निःशुल्क बालरोग शिविर

नेपालगन्ज, ६ फागुन – एसओएस स्वास्थ्य सेवा केन्द्र बर्दियामा आज विहीवार निःशुल्क बालरोग शिविर सम्पन्न गरिएकोछ । एसओएस स्वाथ्य केन्द्र बर्दिया तथा लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रल र अलस्का रामारोशन मेडिकल हल नेपालगन्जको संयुतm पहलमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो ।


उक्त बालरोग शिविरमा बाँसगढी नगरपालिकाका वडा नं. २,३,४,५,६ का वडा कार्यालयहरु तथा बढैयाताल गाउँपालिकाको ४ र ५ को आसपासमा रहेका विपन्न परिवारहरु लाभान्वित भएको स्वास्थ्य केन्द्रमा हेल्थ पर्सन राम किशोरले जानकारी दिनु भयो ।
उहाँका अनुसार सो स्वास्थ्य केन्द्रमा यसअघि पनि यस किसिमका विशेषज्ञ सेवाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेकोमा बिहिवारका दिन भेरी अस्पतालका बालरोग बिशेषज्ञ डा.विष्णुबहादुर थापाद्वारा बालबालिकाहरुको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नु भएको हो ।


सो कार्यक्रमको अध्यक्षता गर्नु भएका एसओएस युवालय नेपालगन्जका प्रमुख तुलाराम विश्वासले सन् २०२१ मा यस किसिमका निःशुल्क शिविरहरु करीब १० बटा विभिन्न सहयोगी संस्थाहरुसंगको सहकार्यमा गरिने योजना रहेको जानकारी दिनुभयो ।
उक्त शिविरबाट ६८ बालबालिकाहरु लाभान्वित भएको जानकारी एसओएस बर्दियाका इञ्चार्ज शिव चौधरीले दिनु भयो भने फर्मासिष्ट राकेश प्रधानाङ्गले बालबालिकाहरुलाई रु.३५ हजार बाराबरको औषधी निःशुल्क वितरण गरिएको बताउनु भयोे । सो शिविरमा ल्याब टेष्ट पनि एसओएस स्वास्थ्य केन्द्रले निःशुल्क उपलब्ध गराएको ल्याब टेक्निसियन दिपबहादुर थापाले जानकारी दिनुभयोे ।


शिविरको औषधी खर्चमा केही रकम लायन्स क्लब अफ नेपालगन्जले व्यहोरेको थियो भने अन्य सबै खर्च एसओएस स्वास्थ्य केन्द्रले गरेको एसओएस स्वास्थ्य केन्द्र तथा परिवार सवलीकरण कार्यक्रम तथा शिविरका संयोजक शिवकुमार चौधरीले बताउनु भयोे । चिकित्सक परामर्श सेवा अलस्का रामारोशन मेडिकल हलका संचालक सन्तोष शाहको संयोजकत्वमा भएको थियो ।
सो शिविरमा एसओएस स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारीहरु राकेश भतm प्रधानाङ्ग, रामकिशोर थारु, दिपबहादुर थापा, प्रकाश शाहीले सहयोग गर्नु भएको थियो ।
सो अवसरमा डा. थापाले एसओएस जस्तो संस्थासंग मिलेर आफूले पनि निःशुल्क परामर्श सेवा दिन पाएकोमा खुशी व्यतm गर्नु भयो भने अलस्का रामारोशन क्लिनिकका सञ्चालक सन्तोष शाह तथा लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष माधव पोखरेल, सचिव अनन्तराम अर्याल, कोषाध्यक्ष सीमा विश्वास, पूर्व अध्यक्ष सन्तोष पौडेल र सदस्य लक्ष्मी पोखरेलको पनि उपस्थिति रहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *