Monday, April 27सत्यम खबर
Shadow

नारी दिवस मनाउन नेपालगन्जमा तयारी शुरु

नेपालगन्ज, ६ फागुन – यस वर्षको अन्तर्राष्ट्रिय महिला (नारी) दिवस भब्यताका साथ मनाउने नेपालगन्जमा तयारी शुरु भएको छ ।
बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको संयोजकत्वमा सरोकारवाहरुको संयुक्त बैठक बसेर महिला (नारी) दिवस भब्य बनाउन तयारी शुरु गरिएको हो ।
बैठकले दिवसलाई भब्य रुपमा मनाउन कार्यदल समेत गठन गरेको छ । दिवसमा धेरै भन्दा धेरैको सहभागिताका लागि गठित कार्यदलले कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको छ । साना हातहरु नेपालकी अम्बिका पुनको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा गीता आचार्य, निर्मला पौडेल, पुष्पा सुनार, सुनिता सारु, सरस्वती शर्मा र महिला शाखाका कर्मचारी रहनुभएको छ ।


बैठकलाई सम्बोधन गर्दै उपमेयर थापाले पछाडी परेका समुदायका महिला, किशोरी वर्गलाई समाजमा अगाडी ल्याउनुपर्ने बताउनुभयो । उहाँले बाल विवाह, बिच मै बिद्यालय छाड्ेकाहरुलाई दिवसले प्रभावित बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । साथै उहाँले दिवसको अवसरमा गरिने कार्यक्रमहरु मार्फत दिवस लक्षित समुदायको सचेतनाका लागि सबै संघ संस्थाहरुले सहयोग गर्ने अनुरोध समेत गर्नुभयो ।
बैठकले दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता, र्याली तथा व्यानर प्रदर्शन, महिला तथा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम र महिला फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । यस वर्ष यही फागुन मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला (नारी) दिवस दिवस परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *