Monday, May 4सत्यम खबर
Shadow

अपडेटः बर्दियामा ४ महिलासहित ५ जना कोरोना संक्रमित थप

नेपालगन्ज, १२ पौष – आईतबार बर्दियामा ५ जना कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् ।
बाँकेका तिन वटा ल्याबमा गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बर्दियाले जनाएको छ । केन्द्रका अनुसार आईतबार बाँकेको ल्याबमा गरिएको परिक्षणमा ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण देखिएको बर्दियाका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा बर्दियाका २, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा ३ गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै बर्दियामा कोरोना संक्रमित हुनेको सँख्या १ हजार ४ सय ५२ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बर्दियाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमण मुक्त हुँदै बर्दियाबाट ८ जना डिस्चार्ज भएका थिए । यो सँगै बर्दिया जिल्लामा डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार ३ सय ६६ पुगेको बर्दियाका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
योसँगै जिल्ला भित्र र बाहिरका आईसोलेशन अस्पताल र आईसोलेशन सेन्टर र होम आईसोलेशनमा गरि जम्मा ६८ जना हाल उपचाररत रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
यसैगरी बर्दियामा हालसम्म जम्मा १८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ । जसमा ३ महिला र १५ जना पुरुष रहेका छन् ।
बर्दियामा बिरामी निको हुने दर ९४.०८ रहेको छ भने बिरामी मृत्यु दर १.२४ रहेको तथा बिरामी संक्रमण रोग प्रकोप दर ०.३० रहेको श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *