
नेपालगन्ज, २९ मंसिर – कोरोना संक्रमणका कारण थप एक जना भिमदत्त नगरपालिका वडा नं. १५ कन्चनपुरका ५४ वर्षिय पुरुषको मृत्यु भएको छ ।
मृतकको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा आईतबार राती १२ः३० बजे मृत्यु भएको छ ।
मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर २२ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको र नमूनाको परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हुँदा सोही दिन भेरी अस्पताल नेपालगन्जमा आईसोलुसन वार्डमा भर्ना गरिएको जारी प्रेस नोटमा जनाइएको छ ।

मृतकको स्वास्थ्यमा समस्या आएपछि मंसिर २२ गते भेरी अस्पतालमा भर्ना गरि एन्टीवाईटिक, रेडमिडिसर, प्लाज्मा लगायत स्पोर्टिङ्ग विधिबाट उपचार गर्दागर्दै आज १२ः३० बजे श्वास प्रश्वासमा समस्या तथा गम्भिर कोभि–१९ संक्रमणका कारण मृृत्यु भएको अस्पताल स्रोतबाट जानकारी गराईएको छ ।
यो सँगै जिल्ला भित्र बाहिर जिल्लाका कोभिड–१९ का कारण मृत्यु ६९ पुगेको छ । मृतकको सव व्यवस्थापनका लागि, डिसिसिएमसी, नेपाली सेना र पारिवारिक पक्षबाट शव व्यवस्थापनका लागि समन्वय भईरहेको फोकल पर्सन तेज वलीले जनाउनु भयो ।
