
काठमाण्डौ, २५ मंसिर – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०६४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर गरिएको छ । अहिलेसम्म निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ ।
