Sunday, April 26सत्यम खबर
Shadow

पुर्ण खोप सुनिश्चितता अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

बर्दिया, २३ मंसिर – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले भर्चुअलबाट सम्बोधन गर्दै लुम्विनी प्रदेशका ४ वटा जिल्ला बर्दिया, बाँके, कपिलवस्तु, पुर्बि रुकुमलाई यस आर्थिक वर्षमा पुर्णखोप जिल्ला घोषणा गर्ने योजना रहेको र त्यसको लागी प्रदेश सरकार बर्दिया जिल्लाका स्थानिय तहलाई आवश्यक सहयोग गर्न प्रतिबद्द रहेको बताउनु भएको छ ।


स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा जिल्ला स्थित सरोकारवाला तथा स्थानिय तहका पदाधिकारीहरुलाई पुर्णखोप सुनिश्चितता सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सामाजिक विकास मन्त्री बरालले उक्त जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बर्दिया जिल्लामा पौष, माघ, फाल्गुण महिनामा १५ महिना मुनिका सवै बच्चाहरुलाई खोज्दै खोप लगाउने अभियान सञ्चालन गरिने, चैत्र महिनामा खोप नलगाएका बच्चाहरु छन् छैनन भनि सर्वेक्षण गरिने र खोप लगाउन छुट भएकालाई पुनःखोप लगाईने र बैशाख महिनामा खोप विशेष अभियान नै सञ्चालन गरि सबै बच्चाहरुले खोप पाएको सुनिश्चितता गरि २०७८ बैशाख महिनाको अन्तसम्म जिल्लालाई पुर्णखोप जिल्ला घोषणा गरिन जानकारी गराउनु भएको थियो ।


प्रमुख गिरीले अभियानमा जिल्लाका प्रतिनिधि सभा सदस्यहरु, स्थानिय तह प्रमुखहरु र स्वास्थ्य शाखा प्रमुखहरुलाई यसमा पूर्ण सहभागिताको लागि आह्वान गर्दै बर्दिया जिल्लाका बाँसगढी, राजापुर, गेरुवा, बढैया ताल गा.पा., मधुवन, ठाकुरबाबा स्थानिय तहहरु पुर्णखोप घोषणा भैसकेकाले ति ६ स्थानिय तहमा पुर्ण खोपको दिगोपनाको कार्यक्रमलाई निरन्तरता दिईने र पुर्णखोप नभएका गुलरिया र बारबर्दियाका स्थानिय तहमा पुर्णखोप अभियानमा बच्चाहरु खोज्दै पुर्ण खोप लगाईने “खोज र खोप अभियान” समेत सञ्चालन गरिने बताउनु भएको थियो ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यहरु तिलकराम शर्मा, कुलप्रसाद पोख्रेल, कबिराम थारुको प्रमुख आतिथ्यतामा जिल्लाका ८ स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, स्थानिय तह स्वास्थ्य शाखा प्रमुखहरु लगायत ३० जनाको उपस्थिती रहेको थियो ।


कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले गर्नु भएको थियो । उहाँका अनुसार बर्दिया जिल्लामा हाल २ वर्ष मुनिका वच्चाहरु मध्य वि.सि.जि. खोप ७९ प्रतिशत, डि.पि.टि. हेपाटाईटिस हिपवि.७६ प्रतिशत, पि.सि.वि.७८ प्रतिशत, दादुरा रुबेला ७५ प्रतिशत र जापानिज ईन्सेफलाईटिसको खोप ८० प्रतिशत बच्चाहरुले पाएको देखिन्छ भने नेपालमा ७८ प्रतिशत बच्चाहरुले मात्र पुर्ण खोप पाएको नेपाल जन सांखिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको समापन गर्दै जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख शंकरप्रसाद थारुले उपस्थित सम्पुर्ण व्यक्तित्वहरु जिल्लाका महत्वपुर्ण जिम्वेवार व्यक्तीहरु भएको र पुर्ण खोप अभियानमा सबैको सहयोग अपरिहार्य रहेको र बैशाख महिनाको अन्तसम्म जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न आफु जुनसुकै सहयोग गर्न तयार रहेको र पुर्ण खोप अभियान सफल पार्नका लागी सवैलाई प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्न समेत आह्वान गर्नु भएको थियो ।


कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय, बर्दियाका खोप कार्यक्रम तथा फोकल पर्सन नरेशबाबु श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा गरिएको प्रतिबद्धताः
स्वास्थ्य कार्यालय वर्दियाको आयोजनामा भएको पूर्ण खोप अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठिवाट हामी राजनीतिक दल, संसद, जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा प्रमुख यही २०७८ वैसाख मसान्तसम्म सबै स्थानीय तहहरुले पूर्ण खोप निर्देशिका बमोजिम पूर्ण खोप घोषणा तथा सुनिश्चितता गरी जेष्ठ मसान्तसम्म बर्दिया जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने छौ । साथै हरेक वर्ष पूर्णखोप दिगोपनको कार्यक्रम गरी प्रत्येक स्थानीय तहका साथै बर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चतता गर्न प्रतिवद् छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *