Sunday, April 26सत्यम खबर
Shadow

अपटेडः १० महिलासहित २२ जना कोरोना संक्रमित

नेपालगन्ज, २३ मंसिर – बाँकेको विभिन्न ल्याब परिक्षणबाट पछिल्लो २४ घण्टामा आज मंगलबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा रहेका ३ वटा पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र १२ पुरुष गरी जम्मा २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेल वलीले बताउनुभयो ।


जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा १६ जना, बागेश्वरी प्रयोशालामा २ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना गरी २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाउनुभयो ।
बाँकेमा हालसम्म ४ हजार ७६ जनामा कोरोना संक्रमण देखिएकोमा जिल्ला भित्रका ३९ र जिल्ला बाहिरका ६४ गरि १०३ जनाको मृत्यु भईसकेको छ । ३ हजार ८ सय ६६ जना उपचार पश्चात डिस्चार्ज भई घर फर्कि सकेका छन् भने जिल्लाका विभिन्न आईसुलेसनमा हाल १ सय ७१ जना सक्रिय कोरोना संक्रमितहरु उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *