Thursday, March 12सत्यम खबर
Shadow

मर्मत सम्भार गर्नेतर्फ वडाको चासो

नेपालगन्ज, २३ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ (हाल वडा नं. ६) फुल्टेक्रा गाउँ स्थित धार्मिक र आस्थाको रुपमा मान्यता प्राप्त जगन्नाथी थान (मन्दिर), होलिका दहन स्थान, फुल्टेक्रा स्कुल सामुन्ने रहेको सार्वजनिक कुँवा र सदियौंदेखि वडा नं. ६ का बासिन्दाहरुले शुभ–विवाहमा दुलहा घुमाउने कुँवालगायत स्थान मर्मत सम्भार कार्यलाई अगाडी बढाउन वडाले चासो देखाएको छ ।

नापी गर्दै सवईन्जिनियर प्रियंका आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष मदनराज शर्माका साथै अन्य स्थानीयबासीहरु । फोटोः सत्यमखबर


उक्त जिर्ण अवस्थामा रहेको आस्थाका धरोहरहरुलाई संरक्षण गर्न वडा कार्यालयले वडा सदस्य दिपक श्रेष्ठको नेतृत्वमा नापनक्सा गर्ने कार्यलाई सोमबार शुभारम्भ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ वडा कार्यालयका सब–इन्जिनियर प्रियंका आचार्यले स्थानीय जिर्ण रहेका आस्थाका धरोहरहरुको नाप नक्सा लिने कार्य गरेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडासचिव प्रकाश पन्थीका अनुसार आज नाप नक्सा गरी कार्य थालनी गरिएको बताउँदै भन्नुभयो– ‘अब छिट्टै बजेट विनियोजित गरी पौष मसान्तदेखि कार्य थालनी गर्ने ।’

नापी गर्दै सवईन्जिनियर प्रियंका आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष मदनराज शर्माका साथै अन्य स्थानीयबासीहरु । फोटोः सत्यमखबर


वडा सचिव पन्थीले पुरानै उपभोक्ता समितिलाई प्राथमिकता दिने बताउँदै गठन गरिएको उपभोक्ता समितिले यस आर्थिक वर्ष अनुसार पुनः भेलाको आयोजना गरी हाल समावेश गरिएका स्थानहरुलाई आफ्नो निर्णयमा समावेश गरी आउनु पर्ने बताउनुभयो ।
जिर्ण अवस्थामा रहेका आस्थाका धरोहरलाई वडा कार्यालय मार्फत मर्मत सम्भार गर्ने चासो देखाए साथै वडाबासीहरुमा खुसीको लहर छाएको छ । स्थानीय वडाबासी हितेश भारतीले अब छिट्टै स्थानीय आस्थाका धरोहरहरुलाई मर्मत गर्न तर्फ सबैको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो ।

नापी गर्दै सवईन्जिनियर प्रियंका आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष मदनराज शर्माका साथै अन्य स्थानीयबासीहरु । फोटोः सत्यमखबर


विगतमा गठन गरिएको मन्दिर जिर्ण मर्मत सम्भार उपभोक्ता समितिका अध्यक्ष मदनराज शर्माले वडा कार्यालयले दिएको निर्देशन बमोजिम हामी भेला गरी पुर्नगठन गरी वडा कार्यालय समक्ष पेश गर्ने छौं तर विगत जस्तै यस पटक बजेट अभाव भयो भन्दै पछि हट्नु ठीक हुँदैन वडाले वडाबासी प्रति देखाएको चासो सराहनीय छ ।
स्मरण रहोस् फुल्टेक्रामा जिर्ण रहेको आस्थाका धरोहरका विषयमा विभिन्न सञ्चार माध्यमहरुले जसमा समाज जागरण साप्ताहिक, सत्यमखबर डटकम र माउण्टेन टेलिभिजन जस्तो स्थानिय र राष्ट्रिय स्तरका सञ्चारले यस बारे चासो राख्दै विगतदेखि समाचार प्रकाशन, प्रशारण गर्दै आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *