Sunday, November 24सत्यम खबर
Shadow

स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान

नेपालगन्ज, २० मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको हो ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द लगायतले स्वयम सेविकाहरुलाई सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका नगर समितिका अध्यक्ष मनकुमारी सिलवाल, अगुवा महिला स्वयमसेविका नारायणी रुपाखेती लगायतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आफुहरुको महत्वपूर्ण भूमिका भएपनि सेवा सुविधा र प्रोत्साहन नपाउँदा दुःख लाग्ने गरेको बताउनुभयो ।


सो अवसरमा नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले स्वयमसेविकाहरुले नगरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुको सेवा, सुविधा विस्तार तथा सम्मानका लागि आफुहरु प्रयासरत रहेको बताउनुभयो ।
सोही कार्यक्रममा बी–ग्रुप बाँकेले स्वयमसेविका लागि एकलाख ९७ हजार रुपिया मुल्यको माक्स, सेनिटाईजर लगायतका ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *