
काठमाडौं, १६ मंसिर – थप १ हजार ३ सय ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म २ लाख १६ हजार ५ सय ९४ जना निको भएका छन् ।
थप २१ जना मृतकमा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ । हालसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
