Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः १ हजार ४ सय ७४ मा कोरोना संक्रमण थपिए

काठमाण्डौ, १५ मंसिर – नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । यस दिन ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ ।


त्यस्तै, संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । अहिलेसम्म संक्रमणबाट एक हजार ५ सय ८ जनाले ज्यान गुमाएका छन् ।
साथै, १ हजार ९ सय ३१ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १४ हजार ५ सय २१ जनालाई निको भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *