Sunday, October 18सत्यम खबर
Shadow

नरैनापुरमा भव्य कन्यापूजन महोत्सव सम्पन्न

नरैनापुर, ३१ असोज – हिन्दु स्वयंसेवक संघको आयोजनामा बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित मौजिदास बाबा आश्रमको पावन भूमिमा नवरात्रको पञ्चमी तिथिका अवसरमा भव्य कन्यापूजन महोत्सव सम्पन्न भएको छ । धार्मिक आस्था, सनातनी परम्परा र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजित महोत्सवमा कन्यापूजनलाई विशेष महत्वका साथ सम्पन्न गरिएको हो ।

हिन्दु धर्म तथा सनातनी संस्कृतिमा कन्यालाई देवी दुर्गाको स्वरूपका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । नवरात्रका अवसरमा गरिने कन्यापूजनले नारी शक्ति, सम्मान, श्रद्धा र धार्मिक आस्थाको सन्देश प्रवाह गर्छ । यस्ता धार्मिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्पराबारे जानकारी गराउनुका साथै सामाजिक एकता र सद्भाव कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ ।

मौजिदास बाबा आश्रममा आयोजित महोत्सवले धार्मिक वातावरणलाई उल्लासमय बनाउनुका साथै स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप प्रोत्साहन गरेको छ । यस्ता कार्यक्रमले समाजमा आपसी सहयोग, सद्भाव र सामूहिक सहभागिताको भावना बलियो बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

महोत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग र योगदान पु¥याउने सम्पूर्ण सामाजिक व्यक्तित्व, सहयोगी तथा स्वयंसेवकप्रति आयोजक हिन्दु स्वयंसेवक संघले हार्दिक आभार व्यक्त गरेको छ । आयोजकले सबैको सहयोग, समर्पण र सहभागिता कै कारण कार्यक्रम भव्य रूपमा सम्पन्न हुन सकेको जनाएको छ ।

धार्मिक आस्था र सामाजिक एकताको सन्देश बोकेको यस महोत्सवले नरैनापुर क्षेत्रमा सनातनी परम्पराको संरक्षण, धार्मिक चेतनाको अभिवृद्धि र सामाजिक सद्भाव प्रवद्र्धनमा सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *