
नेपालगन्ज, ३ मंसिर – बुधबार थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ हजार ३१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । यो सहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन् । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ ।
थप १२ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ । हालसम्म १ हजार २ सय ५९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको छ ।
