
नेपालगन्ज, ३० जेष्ठ – बाँकेको नेपालगन्जका सन्तोष रावल (आर.एस.) आफ्नो जन्मदिन आफूले रक्तदान गरी जन्मदिन मनाएका छन् ।
जन्मदिनको अवसरमा नेपालगन्ज स्थित भेरी अस्पतालमा जेष्ठ २९ गते रक्तदान तथा फलफूल बितरण गर्नुका साथ रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।
कतिपयले आफनो जन्मदिनमा ठूलो–ठूलो होटेल रेष्टोरेन्टमा गएर अनावश्यक खर्च गरेर जन्मदिन मनाउने गरेका हुन्छन । तर नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ निवासी सन्तोष रावल (आर.एस.) ले जस्तै अरुलाई पनि मानबीय कार्यमा पे्ररणा मिलोस् भन्ने उद्देश्यले जेष्ठ २९ गते बिहीवार आफ्नो जन्मदिनको अवसरमा २८ औं वर्षमा भेरी अस्पताल नेपालगन्जका बिरामीहरुलाई फलफूल बितरण गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरी आफू स्वयंले तेस्रो पटक रक्तदान गरेका छन् ।
सन्तोष रावल (आर.एस.) ले आफ्नो जन्म दिनको अवसरमा १ पिन्ट रगत दिएर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । आयोजित रक्तदान कार्यक्रममा सत्येन्द्रप्रसाद, मनोज ओली, प्रकाश बुढा, एकता उपाध्याय, बिक्रम दहित थारु, नबिन कुवँर, राजन चौधरी, सन्दिप खडका, ओम खडका, थगेन्द्र नेपाली, गणेश, जलुकुमार थारु, सुरज चौधरी, भगतबहादुर नेपाली, राजकुमार थारु, आषिक थारु, जीवन भुषाल, कल्पना कुवँर योगी, पारस बिक, रामबहादुर चौधरी, महेश काँदू, हेमबहादुर थारु, बिकास दहित, सुरेशकुमार राना, सन्तोष, पूर्णबहादुर, अनिल देवकोटा लगायत २८ जनाले रक्तदान गरेका छन् ।