Thursday, November 21सत्यम खबर
Shadow

हेकुली ईलाका स्वास्थ्य चौकीमा कान स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज, ३१ साउन – ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज–५, फुल्टेक्राको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपालिका वडा नं. ३, हेकुली, दाङको आयोजनामा मंगलबार हेकुली ईलाका स्वास्थ्य चौकी दंगीशरण–३, हेकुली, दाङमा कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

हेकुली ईलाका स्वास्थ्य चौकीमा परीक्षण गरिएको २८५ जना स्थानीयहरुको कान परीक्षण गरिएको छ । जस मध्ये पुरुष ११७ जना रहेका छन् भने महिला १६८ जना गरी जम्मा २८५ जनाको कान परीक्षण गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराउनुभयो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगसहित सहायक चिकित्सक भीषण थारु, तिर्थमान थारु लगायतको सहभागिता रहेको जानकारी गराउँदै चेकजाँच गरिएको मध्ये कान पाक्ने रोगी ७० जना रहेका थिए भने त्यसबाट ३० जनालाई रिफर गरिएको जानकारी आउटरिच इन्चार्ज भीषण थारुले जानकारी दिए ।

आउटरिच इन्चार्ज भीषण थारुले दिएको जानकारी अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले आफ्नो प्राविधिक सहयोग जिल्ला बाहिर समेत आवश्यकता अनुसार उपलब्ध गराउने गरेको बताए । देश भित्र कही पनि सम्बन्धित पालिका, नगरपालिका, गाउँपालिका तथा वडाले व्यवस्थापन गरेको अवस्थामा प्राविधिक सहयोग उपलब्ध गराउने ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका भीषण थारुले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *