
काठमाण्डौ, ५ कार्तिक – कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।
कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुने गरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको हो ।

