नेपालगन्ज, ५ बैशाख – नेपालगन्जमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा समिति नेपालगन्जद्वारा आज बुधबार प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर एवं धर्मशालामा रहेको साहू समाज समिति जिल्ला कार्य समिति र साहु समाज युवा समितिको संयुक्त आयोजनामा नेपालगन्जको मुख्य चौकको रुपमा रहेको त्रिभुवन चौकमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा नेपालगन्जको प्रसिद्ध मन्दिर माता बागेश्वरीको दर्शन गर्न र राम नवमी मेला हेर्न आउने नेपाल र भारतको विभिन्न स्थानबाट आउने दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा साहू समाज जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष रामकिसुन साहू, समाजका सचिव बाबुराम साहू, हरिष गुप्ता (साहु), राम नरेश तेली, प्रहलाद साहू (पे्रमलाल), मोतीलाल साहु, बृजलाल साहु, सह सचिव प्रदीप शाह, कानूनी सल्लाहकार रामनाथ साहू, पिन्टू साहू, दिनेश साहू, राजकुमार साहू, कन्धईलाल साहू, नीरजकुमार साहू, रामसनेही साहरु, रामनरेश साहू, मूलचन्द साहू, शिवप्रसाद साहू, बिक्रमकुमार साहू, राजु साहू सन्तोष साहू लगायतको सक्रियतामा प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ ।
यसरी रानीतलाव नजीक रहेको मन्दिर, त्रिवेणी चौक स्थित मन्दिर लगायत विभिन्न ठाउँमा दर्शकहरुका लागी प्रसाद बितरण कार्यक्रम गरिएको छ ।