Thursday, May 7सत्यम खबर
Shadow

भारत-मधेश सम्बन्ध बिथोल्न सक्रिय चिनियाँहरु

काठमाण्डौ, २६ माघ – नेपालको मधेश क्षेत्र र भारतको सुमधुर सम्बन्ध रहेको छ। नेपालको आधार क्षेत्र मानिने मधेशमा चिनियाँ उपस्थिति बढाएर मधेश र भारतको सम्बन्धमा दरार पैदा गर्ने गतिविधिहरु गरिरहेका छन्।

राजनीतिक र सांस्कृतिमा रुपमा नजिक रहेको मधेश र भारतको सम्बन्ध बिथोलेर आफ्नो प्रभाव विस्तार गर्ने काममा चिनियाँहरु लागिरहेका छन्। मधेशलगायतमा क्षेत्रमा अपराधका गतिविधिहरु बढाएर मधेशी समुदायलाई बद्‌नाम गराउने र चिनियाँ राजनीतिक प्रभाव विस्तार गर्ने योजनामा चिनियाँहरु मधेशमा केन्द्रित भएको देखिन्छ। मधेशले चिनियाँहरुको प्रवेशप्रति विरोध गरे पनि केन्द्र सरकारले भने यसलाई गम्भीरतापूर्व लिएको देखिँदैन।

चिनियाँ सुन तस्करहरुले पनि मधेशलाई आधार क्षेत्र बनाएको पाइएको छ। मधेशमा अपराधिक घटनामा संलग्‍न चिनियाँहरु अवैधरुपमा भारतसमेत प्रवेश गरिरहेका छन्। यसरी अवैधरुपमा भारत प्रवेश गर्न लागेका १५ चिनियाँ नागरिकहरु भारतीय सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनीहरुमध्ये केहीको साथमा नेपाली नागरिकता र अन्य कागजाहरुसमेत फेला परेका छन्।

नेपाल र भारतमा गैरकानुनी काम गर्न धेरै चिनियाँले नेपाली नागरिकताको नक्कली प्रमाणपत्र र राहदानी तयार पारेकासमेत खुलेको छ। सुन तस्करी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेका करिब १० चिनियाँले पनि मणिपुरबाट नक्कली भारतीय आधार कार्ड बनाएको पाइएको छ। उनीहरू नेपालमा सुन तस्करी र अन्य अपराधमा संलग्न भएको खुलेको छ।

चिनियाँहरूले स्थानीय अधिकारीहरूलाई घुस दिएर उत्तरी क्षेत्र (हिमाल) बाट नेपाली नागरिकताको नक्कली कागजात तयार गर्दैछन्। यस्ता चिनियाँहरूले आगामी वर्षहरूमा उत्तरी क्षेत्रको जनसांख्यिकी परिवर्तन गर्न सक्नेभन्दै जोखिम बढेको छ।

यसरी गैरकानूनी चिनियाँहरूले नेपाली कागजपत्रसहित भारतका विभिन्न क्षेत्रमा सरकारी सेवा लगायत भारतका विभिन्न क्षेत्रमा रोजगारी खोजि गरिरहेकोसमेत पाइएको छ। नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *