कपिलबस्त, १५ माघ – कपिलबस्तुको जिल्लाको मायाँदेबी गाँउपालिका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत सबिन सिंङ चौधरी बिरुद्ध गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानलाई ज्ञापन पत्र बुझाएको छन् ।
मायादेबी गाउँपालिका ८ वटै वडा अध्यक्षहरूले प्रशासकीय अधिकृत सबिन सिङ चौधरीको क्रियाकलाप वडा लगायत गाउँपालिका भित्रको जनप्रतिनिधि तथा आम जनसमुदायसँग अभद्र तारिकाले प्रस्तुत हुन जनतालाई दुःख जनप्रतिनिधि र जनतालाई असहोग गर्न लगायत कार्यहरुप्रति हाम्रो ध्यान अकर्षण भएको छ । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुने भएकोले प्रशासकीय अधिकृत बदनियत पूर्ण तरिकाले गर्न सम्पूर्ण जनसमुदायलाई दुःख दिने कार्य गर्नु भएकोले आर्थिक चलखेल तिर बिशेष ध्यान पुर्याउनु भएकोले आम जनताको काम छिटो नभएकोले मायाँदेबी गाउँपालिका सम्पुर्ण वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध संघर्ष कार्यक्रम घोषणा गर्ने चेतावनी दिन चाहान्छौ, त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख भएको छ ।
हामी सबैलाई मिलाएर लिएर जाने गाउँपालिका अध्यक्ष वलिउद्धिन मुस्लमानको भनाई छ । वडाको सम्पूर्ण आर्थिक क्रियाकलापहरु पालिकबाटै हुनुपर्ने र मेरो आर्थिक क्रियकलाप कुनै अनियमति नगरेको भनाई, नियम बिना कुनै कार्य नगर्ने प्रमुख प्रशासकीय अधिकृतको भनाई छ, अगामी दिनमा सबैलाई मिलाएर लिएर जाने उहाँको भनाई छ ।