
नेपालगन्ज, २० असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा लागू औषध सम्बन्धी छलफल मंगलबार सम्पन्न भएको छ ।
नेपालगन्जमा बढ्दो लागू औषधी सम्बन्धी कुलत बारे छलफल कार्यक्रममा सामुदायिक प्रहरी, आमा समूह, वडा ुवा क्लब, समाज सेवी, भूतपूर्व सैनिक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा लागू औषधी तथा आत्महत्या रोकथाम, चेतना अभियान र प्रयास बारे अन्तरक्रिया कार्यक्रममा आत्महत्या कसरी रोक्ने, चेतनामा अभिबृद्धि कसरी गर्ने, लागू औषधको कूलतमा फसेका बालबालिकाहरुलाई कसरी सजग गराउने सम्बन्धी छलफल गरिएको थियो भने त्यसबाट कसरी आफ्ना बालबालिकाहरुलाई सजग र सचेत गर्न सकिन्छ बारे जानकारी गराईएको थियो ।
कार्यवाहक अध्यक्ष मुबारक सिद्दिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नारायण स्कूलको प्रा·णमा सम्पन्न गरिएको थियो ।


