Sunday, April 26सत्यम खबर
Shadow

बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो

नेपालगन्ज, २५ बैशाख/“#मनैदेखिसेवा (#FromtheHeart)” भन्ने मुल नाराका साथ विश्व रेडक्रस दिवस बाँकेमा मनाइएको छ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष ८ मे का दिन विश्व रेडक्रस दिवस मनाउँदै आएको छ । विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा पनि रेडक्रस तथा रेडक्रिसेन्ट अभियानले स्वयंसेवी भावनाले ओतप्रोत भई प्रभावित समुदायलाई पहिलो प्राथमिकतामा राखी मर्यादा, सदभाव र सम्मानको दृष्टिले सबैमा मन देखि नै सेवा प्रदान गर्दछ भन्ने सन्देश प्रशारण गर्दै यस वर्ष विश्वभर “#मनैदेखिसेवा (#FromtheHeart)” नाराका साथ मनाइएको छ ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेका १७ वटा उपशाखाहरुले स्थानीय स्तरमा सन्देश र जनचेतना मुलक विविध कार्यक्रमको आयोजना गरि दिवस मनाएका छन् ।
नेरेसो सितापुर उपशाखाले रक्तदान कार्यक्रम, वेलासपुर, घरवारीटोल र सदरलाइन उपशाखाले सरसफाई अभियान, पुरैनी, कुसुम, बैजनाथ, गंगापुर, बेतहनी, कचनापुर र बाँकेबगिया उपशाखाले विद्यालय र समुदाय स्तरमा रेडक्रस अभियान प्रचार प्रसार अभिमुखीकरण तथा बैच वितरण कार्यक्रम गरेको जानकारी प्राप्त भएको छ ।

यसैगरी मनिकापुर र जानकी उपशाखाले दिपप्रज्वलन, कोहलपुर वक्तृत्वकला प्रतियोगिता, सोनारी हाजिरी जवाफ प्रतियोगिता, बागेश्वरी कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ ।

दिवसका अवसरमा जिल्ला शाखा र उपशाखाका पदाधिकारी, सदस्य, कर्मचारी, जुनियर तथा युवा सर्कल, जनप्रतिनिधि र स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *