Thursday, April 30सत्यम खबर
Shadow

नेपालगन्ज नर्सिंग क्याम्पसका नवनिर्वाचित स्ववियु टीमलाई स्वागत–सम्मान

नेपालगन्ज, १९ चैत – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जले संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीज्यूको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिंग क्याम्पसबाट नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन टीमलाई नेपालगन्ज नर्सिंग क्याम्पस प्रमुख तुलसा सनुवारको प्रमुख आतिथ्यता, नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन टीमका अध्यक्ष दिपीका सोनी, उपाध्यक्ष करिमा गुरुंग, सचिव देवर्चना अधिकारी, सहायक सचिव सन्जना बस्याल, कोषाध्यक्ष रेलुसा खत्री, सदस्यहरु क्रमशः विनिता बेलबासे, ईशा पौडेल, रश्मि अधिकारी, प्रतिक्षा बुढाथोकी, अनुष्का श्रेष्ठ र विशाका गहिरेको आतिथ्यतामा र अन्य संस्थामा आवद्ध श्रद्धालु सदस्यहरुको समुपस्थितीमा स्वागत सम्मान अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
नर्समा हुनुपर्ने गुण अनुशासन हो, यसलाई आध्यात्मिक शिक्षाले १००% पालन गर्न मद्दत गर्ने कुरा स्व.वि.यु.अध्यक्ष दिपीका सोनीले बताउनु भएको थियो । क्याम्पस प्रमुख तुलसा सुनुवारले शान्ति अनुभूतिका लागि आध्यात्मिकता एउटा महत्वपूर्ण पाटो हो भन्दै संस्थामा बोलाएर स्वागत सम्मान गरेकोमा संस्थाले गरेको कार्यको सर्हाना गर्नुभएको थियो ।
मानसिक रुपमा ग्रस्त भएका व्यक्ति हरुको सेवा दिदै आएका हामी पनि नर्स हौ भन्दै स्वयंलाई चार्ज गर्न पावर प्वाइंट परमात्मा द्वारा स्थापित यस विश्व विद्यालयमा राजयोग मेडिटेशन अभ्यास जुन मनलाई सशक्त बनाउन, मनलाई चार्ज गर्न अति आवश्यक छ । यसका लागि आव्हान गर्नुभएको थियो कार्यक्रमका अध्यक्ष राजयोगिनी ब्र.कु.ले ।
संस्थाका एज्युकेशन विभाग नेपालगन्जका संयोजक एवं मोडर्न पव्लिक स्कूलका प्रिन्सिपल के.बी.बोहराले स्वागत गर्नुभएको कार्यक्रममा ब्र. कु.कृष्ण ब.रानाभाटले कविता वाचन गर्नुभएको थियो । ऊक्त कार्यक्रमको सञ्चालन राजयोग प्रशिक्षिका ब्र.कु. मुनाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *