
नेपालगन्ज, ७ मंसिर – बाँके क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदका विजयी उम्मेदवार डा. धवल शम्शेर राणाले पहिलो प्राथमिकता किसानको समस्या समाधानतर्फ केन्द्रित गर्ने बताएका छन् ।
हाललाई मत गणना जारी रहेको हुँदा समानुपातिक उम्मेदवारहरुको मत सार्वजनिक भए पश्चात नै विजय जुलुस निकाल्ने जानकारी गराउँदै किसानको समस्यालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने बताएका छन् ।
प्रतिनिधि सभा सदस्य डा. राणाले मैले विगतमा २ पटक भत्केको नगरपालिका तथा उपमहानगरपालिका लाई पुनः खडा गरे जस्तै अब आउने दिनहरुमा पिछडिएको डुडुवा गाउ“पालिका लाई समेत त्यसैगरी विकासको मूलधारमा ल्याउने बताउनुभयो ।
डा. राणाले आफ्नो पाँच वर्षे कार्यकाल भित्रै यस नेपालगन्ज उपमहानगरपालिकालाई महानगर पालिकामा परिणत गर्ने प्रतिबद्धता गर्दैै सिंक्टा सिंचाई आयोजनाको पानीलाई डुडुवामा रहेका किसानहरुको खेतसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहा“ले नेपाल सानो मुलुक भएपनि आर्थिक बृद्धि गर्ने प्रबल सम्भावना हुनुका साथै दुबै छिमेकी राष्ट्र चिन र भारत हाल विश्व शक्तिको रुपमा रहेको हु“दा त्यसको फाइदा नेपालले लिन सक्नु पर्ने बताउनुभयो ।
उहा“ले डुडुवामा किसानको लागि मतको व्यवस्थापन मात्रलाई प्राथमिकता नदिई त्यस क्षेत्रमा छात्राहरुको लागि उच्च शिक्षाको लागि विद्यालय, डुडुवाबासीहरुको स्वास्थ्य उपचारको लागि एउटा अस्पताल, खेलाडीहरुको लागि स्टेडियम, तटबन्ध लगायतको क्षेत्रमा समेत कटिबद्ध भई कार्य गर्ने बताउनुभयो ।
उहाँले यो विजय सबैको हो, यसमा मलाई सेवा गर्ने दिने सम्पूर्ण मतदाताहरुमा हार्दिक नमनका साथै आउने दिनमा सबैले अनुभूमि हुने गरी विकासमा टेवा पुग्ने गरी कार्य गर्नुका साथै आफूले पाउने तलब समेत सोही क्षेत्रका पिडित, गरिब, असहायहरुलाई दिने बताउनुभयो ।
म निर्वाचिन भएपछि अब नेपालगन्ज दिल्लीको उडानको लागि पहल गर्ने बताउँदै यसमा हाम्रो मात्र प्रयासले सम्भव हुँदैन त्यसको लागि मित्र राष्ट्र भारतसँग सहकार्य गरी कार्य गर्ने बताउनुभयो । उहाँले यसको लागि सबै पार्टीहरुको सहयोग र सहकार्य आवश्यक पर्ने बताउनुभयो ।
हामीले नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सके भने आउने १०० वर्षको लागि आर्थिक अवस्था सुदृढ हुने बताउनुभयो । किसानको लागि खाद्यको फयाक्ट्री, दुधको व्यवस्थापन, पानीको पर्याप्त पहुच खेतसम्मलगायत समस्या समाधान तर्फ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उहाँ बाँकेमा रहेको सुकुम्बासी समस्या समाधान तर्फ समेत ठोस पहलकदमी गर्ने बताउनुभएको थियो । पत्रकार सम्मेलनमा नेकपा एमाले तथा राप्रपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता हुनुका साथै डा. राणालाई बधाई दिनेहरुको तगारो नै रहेको थियो ।
