
नेपालगन्ज, ७ मंसिर – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना कार्य बाँकेमा अन्तिम चरणमा पुगेको छ ।
बाँके जिल्लाको ३ वटै क्षेत्र मध्ये सबभन्दा बढी चर्चा रहेको बाँके क्षेत्र नं. २ को मत परिणाम सार्वजनिक भईसकेको छ । बाँके क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तर्फ राप्रपा र नेकपा एमाले गठबन्धनले विजय हासिल गरेको छ । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य निर्वाचित उम्मेदवार डा. धवल शमशेर राणाले २९ हजार ५ सय ७७ मतले जीत हासिल गरेका छन् ।
उनका निकटत्तम प्रतिद्वन्दीको रुपमा जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत प्राप्त गरी पराजय भोग्नु परेको छ ।
बाँके क्षेत्र नं. २ बाट नै प्रतिनिधि सभा सदस्यको रुपमा धेरै उम्मेदवारहरुको चर्चा चलेका थियो । तर उक्त चर्चा अनुसार कसैले पनि मत पाउन सकेका छैनन । सबभन्दा बढी चर्चा नेपाली काँग्रेसको थियो, किनभने काँग्रेसको सक्रिय कार्यकर्ता मात्र करीब २५ हजार रहेको नेताहरुको भनाई रहेको पाईन्छ । तर सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्र पाउने भएको हुँदा नेपाली काँग्रेस नेता कार्यकर्ताहरु माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोदकुमार अग्रहरीले १ हजार ३ सय ३३ मत, स्वतन्त्र उम्मेदवार इरफान अहमद शेखले १ हजार २ सय ८९ मत, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)का खलुप्रसाद थारुले ५ सय ९६ मत, स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले ५ सय २८ मत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अव्दुल हन्नान जसगढले ५ सय १२ मत, जनमत पार्टीका बाबु खाँले २ सय २३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रमेश शर्मा अर्यालले २ सय ७ मत, जनसमाजवादी पार्टी नेपालका लिलौ दर्जीले १ सय ४१ मत, स्वतन्त्र उम्मेदवार समसुल हक राईले १ सय ३३ मत, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले ७६ मत, स्वतन्त्र उम्मेदवार बागेश्वर चौलागाईले २६ मत, राष्ट्रिय जनमुक्ति पार्टीका विद्या शर्माले २२ मत र स्वतन्त्र उम्मेदवार राहुल जयसवालले १५ मत पाएको निर्वाचन अधिकृतले जनाएका छन् ।
यसैगरी बाँके क्षेत्र नं. २ को प्रदेश १ र २ तर्फ जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले जीत हासिल गरेका छन् । बाँके क्षेत्र नं. २ को १ प्रदेश सभा सदस्यमा भण्डारी लाल अहिर ११ हजार ५ सय ४ मतले विजय भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका विजयबहादुर यादवले ९ हजार ३ सय ५८ मत, नेपाली काँग्रेसका राजकुमार कुर्मीले ८ हजार ७ सय ३१ मत प्राप्त गरी पराजयको सामना गर्नु गरेको छ ।
यसैगरी, स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले १ हजार ४ सय ५२ मत, राजकुमार रौनियारले ८ सय ५५ मत, जनमत पार्टीका हरपाल सिह सिखले ६ सय ५० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बृजेशबहादुर सिंहले २ सय ८६ मत, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का समसुद्दीन सिद्दिकीले २ सय ३७ मत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तसौवर खाँले १ सय ५५ मत, स्वतन्त्र उम्मेदवार कैलास नाथ कलवारले १ सय ५५ मत, नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर पूनले १ सय २ मत प्राप्त गरेका छन् ।
यसैगरी, बाँके क्षेत्र नं. २ (२) प्रदेश सभा सदस्य तर्फ जनता समाजवादी पार्टी, नेपालका आदेशकुमार अग्रवालले ८ हजार २ सय ४६ मतले विजय हासिल गरेका छन् भने उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका निरकबहादुर गुरुङले ६ हजार ७ सय ९ मत, नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमालले ६ हजार २ सय ४७ मत प्राप्त गरी पराजयको सामना गर्नु परेको छ ।
अन्यहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अकलबहादुर बमले ३ हजार ६ सय ३५ मत, स्वतन्त्र उम्मेदवार अब्दुल हकिम हलवाईले १ हजार ६ सय ८४ मत, विनोदकुमार कर्णले १ हजार ३ सय १३ मत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका कौसलकुमार मिश्रले १ हजार ६९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उत्तमकुमार गुप्ताले ५ सय ७६ मत, जनमत पार्टीका महमुदुल हसन अन्सारीले २ सय ५८ मत, जनसमाजवादी पार्टी नेपालका ध्रुवकुमार कुम्हारले २ सय ५० मत, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाहले ७० मत प्राप्त गरेको निर्वाचन अधिकृतद्वारा जनाईएको छ ।
यसैगरी समाचार तयार गर्दासम्म बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसका किशोरसिंह राठोरले १५ हजार २ सय ६९ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का किस्मतकुमार कक्षपतिले १२ हजार ७ सय ५० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४ हजार २ सय ६३ मत, जनता समाजवादी पार्टी, नेपालका नोयन्द्र धितालले २ हजार ७ सय ९ मत, जनमत पार्टीका राजुप्रसाद कुर्मीले ५ सय ८४ मत, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का वीरबहादुर ओली क्षेत्रीले ३ सय ७८ मत, नेपाली कांग्रेस (बी.पी.)का दुर्गाबहादुर घिमिरेले ३ सय ८ मत, नेपाल मजदुर किसान पार्टीका नगेन्द्रबहादुर बुढाक्षेत्रीले ३८ मत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका हफिज पठानले २० मत प्राप्त गरेको निर्वाचन अधिकृतले जनाएका छन् भने प्रदेश सभा सदस्यतर्फ नेकपा एमालेका रत्न खत्रीले विजय हासिल गरिसकेको जनाईएको छ ।
यसैगरी, बाँके निर्वाचन क्षेत्र १ (१) प्रदेश सभा सदस्य तर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्णा के.सी.ले २ हजार १ सय ६३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रकुमार पौडेलले १ हजार ४ सय २२ मत, जनता समाजवादी पार्टी, नेपालका अम्वरबहादुर खड्काले ९ सय ८९ मत, स्वतन्त्र उम्मेदवार तीर्थ राज डिरु सीले ४ सय ५१ मत, नागरिक उन्मुक्ति पार्टीका सोम राज चौधरीले ३ सय ९९ मत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका राजेन्द्रकुमार विश्वकर्माले १ सय ८२ मत, स्वतन्त्र उम्मेदवार प्रदिप पौडेलले १३ मत, नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरीले १० मत प्राप्त गरिको तथा थप मत गणना जारी रहेको जनाईएको छ ।
