Monday, May 4सत्यम खबर
Shadow

नेपालगन्जमा बम बिष्फाेट, दुई घाईते, एककाे अवस्था गम्भिर

नेपालगन्ज, ३० कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एक घरमा प्रेसर कुकर बम विष्फोट भएको छ ।

भृकुटीनगरमा रहेकाे सृजन मल्लको घरमा आज बुधबार राती ८:१५ बजे तिर भएको बम बिष्फोट भएकाे प्रहरीद्वारा जनाईएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार सल्यान बागचौर–२ का डिल्ली बहादुर बिसी वर्ष २७ तथा घाेडाघाेडी नगरपालिका, कैलालीका धर्मबहादुर सुनार वर्ष ३३ काे घाइते भई भेरी अस्पतालमा उपचारकाे लागि लगिएकाे तथा उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेजमा लगिएकाे जनाएका छन् ।

बम बिष्फाेटमा घाईते द्वयले केहिदिन अगाडि मात्र कोठा भाडामा लिई बस्दै आएकाे जनाईएकाे छ । बाँके प्रहरी प्रवक्ता डिएसपी घर्तीले प्रेसर कुकर बम बिस्फोट भएको पुष्टि गर्नु भएको छ ।

उनीहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट हुन सक्ने आशंका गरिएको छ । शुरूवाती अनुसन्धानमा घाईते द्वय बिप्लबका कार्यकर्ता भएको प्रहरीले अनुमान गरेको छ । जस मध्ये एक जना जिल्ला ईन्चार्ज हुने समेत अपुष्ठ जानकारी दिएका छन् ।

घाइते मध्ये धर्म बहादुर सुनारकाे अवस्था चिन्ताजनक रहेकाे प्रहरी प्रवक्ता घर्तीले जनाएकाे छन् । घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा सुरक्षाका अन्य निकायसहित प्रहरी परिचालन हुनुका साथै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *