Sunday, November 24सत्यम खबर
Shadow

अपडेट : ५ महिलासहित १४ जना कोरोना पुष्टि

नेपालगन्ज, २३ भाद्र – बाँकेमा मंगलवार ५ महिलासहित १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएको नेपालगन्जका गरी जम्मा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय ३८ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय २५ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६५.९३ रहेको छ भने बिरामी मृत्यु दर ०.६३ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *