
नेपालगन्ज, १३ असार – राप्तीसोनारी गाउँपालिका ३ मा भोली बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रा.ली. नेपालगन्ज बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा एक दिने बृहत साँस्कृतिक कार्यक्रम २०७९ हुने भएको हो ।
चर्चित चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती सहित स्थानिय सस्कृति झल्कने छोक्रा, झुम्रा, लठ्ठहवा, हुरदुङग्वा नाच समेत प्रस्तुत गरिने आयोजक टिमले जनाएको छ । कार्यक्रमको तयारी पुरा भएको छ आयोजकले जानकारी गराएको छ ।
साँस्कृतिक कार्यक्रममा आउने स्थानिय तथा राष्ट्रिय कलाकारहरु चर्चित मोडेल सुनिता दहित, विवश जिएच, हाँस्य कलाकार सत्यनारायण चौधरी (फेटारा), गायक खेम भौगरिया, मोडेल दिपिका जिएच, मोडेल समु चौधरी, सुमित्रा चौधरी, अनुस्का चौधरी, सानु चौधरी, मस्ते बर्दियाली मोडल कुन्दन चन्द, मोडेल दिपिका जिएच, डाइरेक्टर केशव चालिसे, शिशिर धम्लहवा, विमल चौधरी, सन्जिता सुन कुशुम्या, सुजु राजबंशी, सुशिला चौधरी, सन्ध्या चौधरी, संगम चौधरी, शिशिरा कडेल, विरु सहानी, पारश चौधरी, राजकुमार चौधरी, रुपा चौधरी, शुशिला लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
