Wednesday, April 22सत्यम खबर
Shadow

“उइगर माथिको दमनमा अझै निरन्तरता”

चिनको सिन्जियाङ प्रान्तमा बसोबास गरिरहेका करोडौं त्यहाका अल्पसंख्यक उइगर मुसलमान हरुलाइ चिनले गरिरहेको व्यापक दमन र मानव अधिकार हननले चिनको छबिलाइ अन्तर्राष्ट्रिय स्तरमा उदाङो बनाइदिएको छ।
आत्म निर्णयको अधिकारको लागि उइगर मुसलमानले गर्ने शान्तिपुर्ण अहिन्सात्मक आन्दोलन हरुमा चिनले उनिहरुमाथी गरेको दमन र अत्याचारले बिश्वको नजरलाइ चीन तिर हेर्न बाध्य बनाएको छ।
चिनले त्यहाका गरिब दस लाख भन्दा बढी उइगर हरुलाइ कठोर यातनाका साथ श्रम शिबिर हरुमा बन्दी बनाएर राखेको छ भने बाकी उइगर मुसलमान हरुलाइ पनि उनिहरुको आत्म निर्णयको अधिकार बाट बन्चित गर्दै करोडौं मुसलमान हरुलाइ दासत्वको व्यबहार गर्दै आइरहेको छ।उइगर मुसलमान प्रती चिनको यो दमनको नितिले उ आफ्नो नागरिक प्रती समान अधिकारको पक्षमा छैन भन्ने स्पष्ट हुन्छ।
चिनको उत्तर पश्चिम् प्रान्त शिन्जियाङ्गमा उल्लेख्य रुपमा बसोबास गरेका उइगर मुसलमान समुदाय लाइ फरक दृस्ठिकोणले हेर्ने गरेको कारण नै त्यहा दमनको नीति लिएको छ।उइगर मुसलमान हरु बिशेश गरेर तुर्की भाषा बोल्ने गर्दछन उनिहरुको आफ्नै भाषा र सस्कृती रहेको छ तर चिनले उनिहरुको भाषा ,धर्म र सस्कृती माथी निरन्तर प्रहार गरुरहेको छ।


बिस्वमा मानव अधिकार सम्बन्धि काम गर्ने संगठन ,सयुक्त रास्ट्र संध र बिस्वका धेरै देशका सरकार हरुले चिनले उइगर हरु माथी गरेको अत्याचार दमनको बिरोध गरिरहेका छन ।
चिनले उनिहरुमाथी लिएको दमनको नीति र उइगर मुसलमान हरुको स्वतन्त्र बाच्न पाउने अधिकार लाई कुन्ठित गरिरहेको साथै यस्तो मानव अधिकार हनन लाई रोक्न गरिएको आग्रहलाई चिनले सधै अस्विकार गर्दै आइरहेको छ।उइगर मुसलमान लाई राखिएको श्रम शिबिर मा पत्रकार तथा मानव अधिकार वादी संगठनहरुलाइ अवलोकन गर्न बाट बन्चित गरेको छ।
करिब १ करोड भन्दा बढी उइगर हरु बस्ने सिन्जियाङ्ग प्रान्तलाइ सुरक्षाका दृस्ठिकोणले पनि घेराबन्दी गरिएको छ।उक्त क्षेत्रमा बसोबास गर्ने बहुसंख्यक मुसलमान लाई बिना अपराध श्रम शिविरमा लगेर कडा यातना दिइने गरेको र उक्त क्षेत्रमा चीनिया समुदाय हान र सेनाको संख्यालाई चिनले बढाइरहेको छ।
अन्तर्राष्ट्रिय मानवअधिकार वादी संगठन हरुका अनुसार यश क्षेत्रमा चिनले करिब 20 लाख उइगर मुसलमान र काजगिस्तान ,उज्बेकिस्तान का आदिबासी नागरिकलाई २०१७ बाट नै श्रम शिबिरमा बन्दी बनाउन सुरु गरेको थियो।चिनले उइगर समुदायलाई टर्कि अफगानिस्तान ,लिबिया ,सिरिया लगायत संबेदनसिल ठानिएका मुलुक सङ्ग सम्पर्क रहेको भन्दै बन्दी बनाइ रहरेको छ।
साथै चिनले मस्जिदहरुमा सेवा गरेको ,तीन भन्दा बढी सन्तान जन्माएको ,इस्लाम भाषामा बोलचाल गरेको जस्ता आरोपहरु लगाउदै आइरहेको छ।मुसलमान भएकै कारण चिनले उइगर हरुलाइ कटरपन्थि ,अलगावादी चरमपन्थी विचार राख्ने भएकोले क्षेत्रीय अखण्डता ,चीन सरकार र चीनिया जनसंख्याको लागि खतरा भन्दै त्यसलाइ बचाउन भन्दै उइगर हरु माथिको व्यापक दमनलाइ अझै निरन्तरता दिइरहेको छ।
चिनले उइगरहरुलाइ दमन गर्नकै लागि शिन्जियाङ्ग प्रान्तमा सुरक्षा पोस्टहरु वृद्धि गरेको छ साथै अतिवाद बिरोधि कानुन पास गर्दै मानिसलाइ दारी पाल्न र महिलालाइ बुर्का लगाउन रोक लगाएको छ।
चिनले उइगर मुसलमान हरुलाइ रोक लगाउनकै लागि अतिवादी हटाउन भन्दै प्रशिक्षण केन्द्रहरु खोल्ने र इस्लामको कुनै पनि अभिव्यक्ति लाई चरमपन्थि को सज्ञा दिने कानुनहरु लागू गरिरहेको छ।

उसले उइगर द्वारा स्थापना गरिएको अलगावादी समुहलाइ आतंककारी को संज्ञा दिदै आइरहेको छ।चिनको अहिलेको यो चिन्तन बाट उइगर मुसलमान हरुलाइ अझ यातना दिने र उनिहरुलाइ अधिकार बाट वन्चित गराउने नै योजना रहेको प्रष्ट हुन्छ। (स्रोतः टिडिलाईभ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *