Tuesday, October 22सत्यम खबर
Shadow

चिकित्सकको लापरवाहीले पेट मै शिशुको मृत्यु (भिडियाेसहित)

नेपालगन्ज, ५ जेष्ठ – नेपालगन्ज स्थित भेरी अस्पतालका चिकित्सकको लापरवाहीले गभर्वतीको पेट मै बच्चाको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । नेपालगन्ज उपमहानगरपालिका–८ की २३ वर्षकी रेशमा अन्सारीलाई सुत्केरी व्यथाले च्यापेपछि भेरी अस्पताल गएकी थिइन् ।

चिकित्सकहरुले गर्भवतिको अवस्था सामान्य भनेका थिए । बच्चाको अवस्था पनि नर्मल भनेका थिए । १० बजे आफ्नो गर्भ चेकजाँच गरेकी उनको दिउँसोदेखि पेटमा बच्चा चल्न छाड्यो । त्यसपछि भने चिकित्सकहरुले पेटभित्र बच्चा मृत्यु भएको बताएका छन् ।

उनको शल्यक्रिया गरेर मृत बच्चा निकालिएको छ । आमाको अवस्था सामान्य रहेको बताइएको छ । विहानभरी बच्चा नर्मल छ भनेका चिकित्सकहरुले एकाएक पेटको बच्चा मृत भनेपछि पीडित परिवारहरुले चिकित्सकको लापरवाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालमा रहेका चिकित्सक तथा नर्सहरुको गैरजिम्मेवारका कारण गर्भवति महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । सुरुमा चेकजाँच र हेरचाहमा ध्यान नदिने अन्तिम समयमा हतार हतार चिकित्सकहरुले विरामीको अवस्थाबारे चासो राख्ने गरेका कारण विरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।

यहाँसम्मकी अस्पतालजस्तो संवेदनशील ठाउँमा चिकित्सक तथा नर्सहरु सामाजिक संजालमा झुन्डिने गरेका छन् । विरामीको हेरचाह नगरेर उनीहरु फेसबुकमा झुन्डिदा विरामीले केयर नपाउने गरेको अस्पताल पुग्नेहरु बताउँछन् ।

यो घटनापछि पीडितका परिवारले छानवीन र कारवाहीको माग गरेका छन् । आफन्तहरुले दवाव दिएपछिमात्रै पेटभित्रको बच्चा निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *