Thursday, May 7सत्यम खबर
Shadow

मेयर पदका उम्मेद्वार नन्दलाल बैश्यलाई मत किन ?

नेपालगन्ज, २६ बैशाख – यही बैशाख २०७९ साल ३० गते सम्पन्न हुन गईरहेकाे स्थानिय निवार्चनमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलाे अभियानलाई तिब्रता दिईरहेका छन् ।

यसैक्रममा आज राप्रपाबाट मेयर पदका उम्मेद्वार नन्दलाल बैश्यले उपमहानगरपालिका वडा नं. २२ का मतदाताहरू माझ आफूलाई मत दिएर विजयी गराउन आर्शिवाद दिनुहुन अनुराेध गर्दा मतदाताहरूले नन्दलाल वैश्यलाई मत किन दिने भनी प्रश्न गरेका थिए ।

उक्त प्रश्नकाे जवाफमा आफू विजयी भए उपमहानगरकाे मुहार फेर्न स्वास्थ क्षेत्रमा उल्लेख्य याेगदान गरि घरघरमा निःशुल्क स्वास्थ सेवा उपलब्ध गराउने बताउनु भयाे ।

यसैगरि आफुलाई विजयी गराई उपमहानगरकाे सम्पुर्ण फाेहाेर व्यवस्थापनमा सक्रियतापुर्वत लागी फाेहाेर मुक्त बनाउनुका साथै शिक्षा क्षेत्रमा उल्लेख्य याेजनाहरू कार्यान्वयनमा ल्याउनुका साथै छात्रछात्राहरूलाई गुणस्तरीय शिक्षा निःशुल्क उपलब्ध गराउने बताउनु भयाे ।

यसैगरी आफू विजयी भए व्यापारीहरूकाे प्रत्येक समस्याकाे पहिचान गरि उचित निकासकाे पहल गर्नुका साथै बेराेजगार भएकाे युवा वर्गकाे लागि स्वाराेजगारमूलक याेजनाहरू लागू गर्ने बताउनुभयाे ।

यसैगरी नेपालगन्ज मानसराेबर जाने बाटाे भएकाे हुँदा पर्यटनकाे हब बनाउन सक्ने सम्भावना रहेकाेले त्यसतर्फ याेजना ल्याउनुका साथै उधाेगी व्यवसायीहरूलाई व्यापार गर्न सहज वातावरण बनाउने जानकारी गराउनुका साथै अब मलाई मत दिएर विजयी गराउन मतदाताहरूलाई रिझाएकाे बताउनु भयाे ।

त्यसपछि वडा नं. का मतदाताहरूले कुरा बुझेर सही तवरले विकासकाे लागि यसपटककाे भाेट हलाेमा दिने प्रतिबद्वता गरेकाे बताउनुभयाे । मतदाताहरूले अब मेराे मत नन्दलाल वैश्यलाई दिने भनी घरदैलाे कार्यक्रममा सहभागी समर्थकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *