Thursday, May 7सत्यम खबर
Shadow

जानकीमा विधार्थी भर्ना अभियान शुरू

जानकी, २६ बैशाख – बाँकेका  सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुरुवागाउँको २०७९ बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म बाल बिकासदेखि ८ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ ।

श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुरुवागाउँका प्रधानाध्यापक सन्ध्या शर्माका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे ।

जानकी गाउँपालिका अन्तर्गत रहेका श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय गुरुवागाउँ, लोकतान्त्रिक प्राथमिक बिद्यालय रामगाउँ, श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय कपासी गनापुर, श्री माध्यमिक बिद्यालय बन्जारेगाउँ, श्री माध्यमिक बिद्यालय जोगागाउँ, श्री माध्यमिक बिद्यालय शिवपुरी, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय पचपोखरा साईगाउँ, मदरसा दारुल उलूम नूरी मोहम्मदी नेवाजीगाउँ, मदरसा बुढिहागाउँ, श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय करमोहना, श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बेलभार, श्री जनता प्राथमिक बिद्यालय बनकटवा लगायत जानकी गाउँपालिका स्तरीय आधारभूत बिद्यालय, प्राथमिक बिद्यालय, माध्यमिक बिद्यालय, र मदरसा सहित ३९ बिद्यालयले भर्ना अभियान शुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *