Tuesday, October 22सत्यम खबर
Shadow

‘मालिका’को ट्रेलर सार्वजनिक

काठमाडौं । महिला हिंसा, बलात्कार तथा लैंगिक विभेदलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा अभिनेत्री रेखा थापा र कोमल वलीलाई देखाइएको छ ।

नेपालमा जरा गाढेको महिला हिंसाविरुद्ध निर्माण भएको यो चलचित्रको सार्वजनिक ट्रेलरमा रेखाको रौद्र रूपलाई प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री रेखाले आफूले पछिल्लो समय निर्माण गरेका प्रायः चलचित्रले महिला तथा बालिकाको विषयलाई अगाडि सारेका बताउँदै भनिन्, ‘यस फिल्मले पनि नेपाली समाजमा वर्तमानमा पनि घटिरहेको घटनालाई देखाउन खोजेको छ ।’

रेखाले चलचित्रले समाजमा हुने गरेका बलात्कार, बालविवाहविरूद्ध विद्रोह गर्नुपर्ने वियष उठाएको बताइन् । अभिनेत्री रेखाले निर्देशन गरेको ‘मालिका’ २१ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

नरबहादुर कार्कीको कथा तथा शिवम् अधिकारीको पटकथा रहेको यो चलचित्र रेखा फिल्मसको ब्यानरमा निर्माण भएको हो । नरबहादुर कार्कीको लगानी रहेको चलचित्रमा सरस्वती थापा र तारा थापासमेत निर्माता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *