नेपालगन्ज, २७ श्रावण– नेपालगन्जमा एक से एक राम्रो होटलहरु छन ! प्रतिस्पर्धात्मक मुल्यमा होटलमा कोरोनाका बिरामी राख्दा गुणस्तरीय र सस्तो मूल्य पर्ने गरी राख्न सकिँदैन ? एउटा स्टाण्डर्ड कोठालाई हिजो सबथोक सहज भएका बेलामा समेत तारे होटेलले १५०० मा सबै सुविधा दिएर राखे कै थिए !
आज सोल्टी होटलले समेत वरिपरिका खेतमा लागेका हरिया धान हेरेर बस्नु परेको बेला एक रात सुतेर, दुई छाक खाएको अन्य होटलले यो बेला ४०००÷५००० लिन मिल्छ ? कोरोना पोजेटिभ भएका बेला मानिस बिरामी भएर आफैमा चिन्तित हुन्छ, परिवार त्रसित हुन्छ, त्यो माथी होटलमा तिर्नु पर्ने यो दैनिक मुल्यले बिरामीको चिन्ता के बढाउँदैन होला ?
हो, होटलमा ब्यवस्थापन गर्नु निकै राम्रो हो, सुबिधा हो, गर्नु पर्ने र हुनु पर्ने कुरा भए कै छ, तर त्यसको नाममा यति चक्रो मूल्य वास्तविक हो भने कुरा नघुमाई भन्न चाहन्छु यो ब्रमलुट नै हो !
अब त एक सामान्य नागरिकलाई कोरोना लाग्दा १४–२१ दिन होटलमा बस्दा ६० हजार देखि १ लाख खर्च हुने देखियो ! घर परिवारलाई नै लागेमा र परिवारको संख्या ५ जना हुने हो भनेत ५ लाख चाहियो !
अर्को कुरा, सरकारी आईसोलेसन छ भन्नुहोला, तर जायज रकम तिरेर बन्द हुन लागेका होटलमा बस्ने चाहना कस्को हुँदैन होला र ? उचित मूल्य लिएर थप होटलमा बिरामी राख्नु नै पर्छ, तर, बिरामीको मौकामा चौका हान्दा, कमिसन खाँदा त्यसको बदला कोरोनाले खोजि खोजी तिनीहरुलाई नै लिन्छ लिन्छ !
एकजना सरकारी जागिरे, पदले अधिकृत भएर पनि किन भागेका छन नेपालगन्जमा भन्दा हो यही आईसुलेसनको रकम थाह पाएर ! त्यसैले बेलैमा उपभोक्ताको हितका लागि पनि केहि गर्ने की ?