
नेपालगन्ज, १३ असोज – नेपालगन्ज साइक्लिङ क्लवका आयोजना तथा क्रिएटिभ ह्यान्दको सहकार्यमा नेपालगन्जमा २२ औं विश्व मुटु दिवस मनाइएको छ ।
भेरी अस्पताल सञ्चालक समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा भेरी अस्पतालका मुटु रोग विशषज्ञ डा. कृष्ण अधिकारीले मुटु दिवसको औचित्य तथा मुटुलाई अवस्था राख्नु पर्ने कारण र उपायका बारेमा चर्चा गर्नु भएको थियो । मुटु स्वास्थ राख्न नियमित दैनिक ३० मिनेट व्यायाम जरुरी रहेको र साइक्लिङ त्यसको राम्रो माध्यम भएको बताउनु भयो ।
उक्त कार्यक्रममा भेरी अस्पतालका अस्पताल निमित्त प्रमुख डा. प्रकाश थापा, नेपालगन्ज उमनपा वडा नं २ अध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया लगायतको सहभागिता थियो ।
साइकल र्याली भेरी अस्पताल बाट सुरु भई त्रिभुवन चौक, त्रिवेणी मोड, सेतु बिक चौक, बासपार्क बाइपास कारकाँदो चौक, पुष्पलाल चौक, धम्बोजी चौक, बिपी चौक हुँदै औद्योगिक क्षेत्र नजिक रहेको नेसनल प्याथ ल्याबमा गएर समापन भएको थियो ।
मुटु दिवसको अवसरमा नेसनल प्याध ल्याबले मुटु सम्बन्धी निःशुल्क चेक जाँचका व्यवस्था गरेको छ ।



