
नेपालगन्ज, ८ असोज – मधेश मिडिया मिशन नेपालगन्ज बाँके जिल्ला कार्य समितिको जिल्ला भेला भोलि शनिबार बिहान ८ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ महेन्द्र पार्क (मिनि जु–पार्क) नजिक रहेको किन्नुराम काशीराम पञ्चायती धर्मशालामा आयोजित हुने तयारी पुरा भएको छ ।
बाँके जिल्लामा मधेश मिशन नेपाल दशकौदेखि कार्य गर्दै आईरहेको छ । संस्था केही दिनदेखि निस्कृयपूर्ण थियो । अहिले मधेश मिडिया मिशन नेपाललाई पुनः सक्रिय पार्न यहाँका संचारकर्मी लागी परेका छन् ।
विगत समयमा मधेश मिडिया मिशन नेपालको अध्यक्षमा कृपाराम वाडिया भएका थिए भने केही समयसम्म चन्द्रशेखर पाण्डे अध्यक्ष भएर कार्य गरेको देखिन्छ । अहिले मिशन नेपाललाई सक्रिय पार्न भेला कार्यक्रमको आयोजना गरिएको छ ।
यस भेलाबाट नयाँ कार्यसमितिको चयन गरिनेछ । कार्यक्रम बीच अध्यक्ष चन्द्रशेखर पाण्डेको सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी गराईएको छ । कार्यक्रम आयोजित गर्न यहाँका प्रख्यात समाजसेवी नन्दलाल वैश्यले किन्नुराम काशीराम पञ्चायती धर्मशालाको सभाहल र गम्छा र टोपी उपलब्ध गराई सहयोग गर्नु भएको छ । यस्तो सहयोग विभिन्न तर्फबाट मिल्न शुरु भएको छ । जसका कारण कार्यक्रम भब्यताले सम्पन्न गरिने प्रयास भएको छ । कार्यक्रम बीच नागरिक अधिकार मञ्चको समेत गठन गरिने कुरा जानकारीमा आएको छ ।

