
राैताहट, १ असाेज – पिडित पत्रकार रामपुकार राउतलाई रु ५०,२६६ को बिशेष आर्थीक सहयोग गरियो छ । रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्यका छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ काे उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयाेगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउतलाई आर्थिक सहयोग गरिएको छ ।
विभिन्न सामाजिक सञ्जालबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाजसेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफ्ना साथीहरु र दाजु प्रमोद पटेलको मद्दतले पिडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन् ।
आर्यान सुरज राउतले आफ्नो र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब खरेल (काठमाण्डौ) नितेश मेहता (पर्सा), संजय कु.मंडल (जनकपुर), युषण श्रेष्ठ (काठमाण्डौ), सेकेंद्र जैस्वाल (बारा), जगदीश महतो (सर्लाही), चंद्र तमाङ (काठमाण्डौ) संतोष यादव (सर्लाही), अमित यादव (रौतहट), राहुल कुशवाहा (बारा), दिव्या तिवारी (पर्सा), अनिल जैस्वाल (सर्लाही), आदेश यादव (रौतहट), र त्यस्तै मुरारी कुशवाह (बारा), आदि सहयोगमा यो रकम जुटाएका र पिडित पत्रकारलाई सहयाेग गरेका छन् ई.सुरज राउतले बताए ।
ई. आर्यान सुरज राउत पहिला देखिनै अती बिपन असहाय परिवारहरुलाई आफ्नो क्लब मार्फत सहयाेग गर्दै आएकाे र सर्लाही जिल्लाको प्रमोद पटेलले आफ्नो जिल्लामा पिडित परिवारहरुलाई बेला बखत आर्थिक सहयोग गर्दै आएको कुरा ई आर्यान सुरज राउतले जानकारी गराएका छन् ।
पिडित पत्रकार रामपुकार राउतले आर्थिक सहयोग पाउँदा ई. आर्यान सुरज राउत प्रमोद पटेल लगायत अन्य समाजसेबी साथीहरूलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन् ।
पीडित पत्रकार रामपुकार राउतले खुसी भई आर्यन सुरज राउत र प्रमोद पटेल लगायत उहाँका सम्पूर्ण टीमलाई विशेष धन्यवाद दिएका छन् ।
