
मिति २०७८ भाद्र २८ गते
मोहित मिश्रा
वीर नेपालीको वीरताको कथा सम्पूर्ण विश्वमा विख्यात छ ।
यसै मध्येका एक जना वीर नेपाली हुन् दीपप्रसाद पुन उनीले एक्लै ६० भन्दा बढि तालिबानीलाई ज्यानले मारी नेपालीको वीरगाथा इतिहासमा राख्न सफल भएका छन् । सेप्टेम्बर सन् २०१० को यो घटना हो । त्यस समय रोयल गोरखा रायफल्सको पहिलो बटालियनका सदस्य रहेका दीप प्रसाद पुन बेलायतको तर्फबाट अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी नामको स्थानको प्रांगणमा तैनाथ थिए ।
त्यस समय उनीले देखे कि २ जना तालिबानी आतंकवादी बम राख्न एउटा खाडल खनी रहेका छन् । अनि उनी बुझी हाले कि शत्रु मेरो आसपासमा धेरै संख्यामा छन् र आफूलाई चारैतर्फबाट घेरामा लिई सकेका छन् । मृत्यु अति नै नजीक रहेको थियो । आफू र आफ्नो ३ जना साथीलाई मर्नबाट बचाउनु छ, यो कुराको मनन गरी रहेका थिए उनी कि तालिबनी आतंककारीहरुले उनीमाथि राकेटचालित हातेगोला र एके ४७ गोली हान्न शुरु गरे । प्रतिकार स्वरुप वीर नेपाली दीपप्रसाद पुनले फायर खोले १५ मिनटमा उनीले ४०० भन्दा बढी राउड गोली चलाए १७ वटा ग्रेनेड लान्च गर्दै एउटा खदानमा विष्फोट गरी दिए । ६० जनाभन्दा बढि तालिबानीहरुको मृत्यु भयो र तमामहरु त्यहाँबाट भागे ।
जब दीप प्रसाद पुन तालिबानीहरुको आक्रमणको जवाफ दि रहेका थिए कि हतियार बीचमै जाम भयो त्यस समय उनीले फलाम धातुले बनेको खाटलाई हातले उचालेर शत्रुमाथि फाली दिए ।
यो दृश्य त्यस्तै देखा पथ्र्याे महाभारतको युद्धमा अभिमन्युले रथको पांग्रा हातमा उचालेर शत्रुको वद्य गरी रहेका थिए । यसरी गर्दा उनी भुइँमा खसे । तालिबानी आतंकवादी उनीमाथि निरन्तर गोली चलाई रहेका थिए । यस समय दीप प्रसाद पुन पुनः उठे र एउटा क्लेमोर खदानमा विष्फोट गरी दिए त्यसपछि तालिबानीमा भागाभाग मच्यो । जब तालिबानी दीप प्रसाद पुनमाथि आक्रमण गरे उनीलाई थाह भएन कि कति शत्रु आसेपासेमा छन् । आफूलाई जोगाउनु छ भने अरुलाई मार्नु जरुरी छ यो कुराको जानकारी उनीलाई राम्रै थियो यस कारण उनी शत्रु गन्नतर्फ लागेनन् । सबै शत्रुलाई मार्नेतर्फ लागे ।
यस घटनाबारे उनीका लेफ्टिनेन्ट कर्नलगेज स्ट्रीकलैन्ड भन्छन्, मेरो बटालियन अफगानिस्तानमा २ पटक पुगेका थिए । यसमा पहिलोचोटीमा धेरै खतरा थियो । दीप प्रसाद पुनको कारवाही सबै भन्दा कठिन थियो उनी धेरै नै बहादुर साहसी छन् जसरी मैले देखेको छु । गोलीको प्रहार शत्रु तालिबानीहरु असिनाझैं बर्साई रहेका थिए यस समयमा उनी धैर्यता राखी साहसपूर्वक तालिबानीहरुको सामना गर्दै रहे । दीप प्रसाद पुनले आफू सहित अन्य ३ जना साथीको ज्यान जोगाए ।
त्यस्तै नै वीर नेपाली दीपप्रसाद पुन भन्छन्, म बुझी रहेको थिएँ कि जिउनको लागि म धेरै भाग्यशाली छु म बुझ्न सकि रहेको थिएन कि आक्रमण कहिले समाप्त हुँदैन र जब आक्रमण भयो मैले त्यही गरे जुन मलाई गर्नु पथ्र्याे । सो समय दीप प्रसाद पुनको उमेर ३१ वर्षको थियो । उनीको बहादुरीको कदर सम्मान गर्दै बेलायत सरकारले आफ्नो यहाँको सर्वाेच्च वीरता पुरस्कार विक्टोरियास क्रस भन्दा कम अलि तलको विशेष वीरता क्रसले सम्मान ग¥यो ।
यसबाट सम्पूर्ण नेपालीको शिर उच्च भएको महसुस भई गर्व गरिएको थियो । यस्ता छन् हाम्रा वीर गोरखाली सैनिक जुनकि मृत्युलाई आफ्नो नजीक देखी अलिकता पनि विचलित हुँदैनन् तालिबानीलाई के थाह वीरता भनेको के हो ? उनी त महिलामाथि कोर्रा हिर्काई आफ्नो वीरता सधैं प्रदर्शित गर्दै रहन्छन् ।

