Thursday, May 14सत्यम खबर
Shadow

हिन्दु राष्ट्र र राजसंस्था पक्षधरहरुको एकीकृत नेपाल पार्टीको गठन हुने

– रमेश चन्द्र कुमाल
काठमाण्डौ, २१ भाद्र – हिन्दु राष्ट्र र राजसंस्था पक्षधरहरुले एकीकृत नेपाल नामको हिन्दुवादी पार्टी गठन गर्ने भएका छन् ।
एकीकृत नेपाल पार्टीको घोषणा समारोहको आयोजना राजधानीमा गरिएको छ । यो समारोहको आयोजना फिल्म अभिनेता निखिल उप्रेतीले गरेका हुन् ।
घोषणा समारोहलाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले भने, हाम्रो देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार नेपाली जनताले गर्न सक्नुपर्छ । देशमा नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति अन्यौल अवस्थामा पुगेको छ ।


आज राजनीति गर्दै ती नेताहरु कोठा–कोठ गरी पार्टीको घोषणा गर्दै हिँडेका छन् । तर मिल्न सक्ने क्षमता धेरै कम जनाले देखाउन सकेका छन् बिरामी हुँदा देशको उपचारको लागि मिल्न सक्दैनौं भने ति काल्पनिक र कल्पनामा रहेको पार्टी र मोर्चाले भोलि के गर्न सक्लान् ? प्रतिप्रश्न गर्दै उनले भने, नेपालका पार्टीहरुमा कुनै फरक छैन अहिले देशमा वरिष्ठ नेताको नाममा चिनिएकाहरुको वक्तव्यहरु पल्टाएर हेरियो भने त्यसमा नेता कार्यकर्ताहरुको तिक्तता मात्र भेटिन्छ ।
घोषणा पत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुट्टिन्छन् भन्ने कुरा भ्रम मात्र हो । नेताहरुकै कारण देश बन्न नसकेको उनीले आफ्नो तर्क राखे । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधरहरुले यस समारोहबाट नेपाललाई हिन्दु राष्ट्र र हिन्दु राजा राख्ने उद्घोष गरेको बुझिन्छ जसबाट आगामी समय एकीकृत नेपाल पार्टी अस्तित्वमा आउने अनुमान गर्न थालिएको छ । यो पार्टी फिल्म अभिनेतृ मनिषा कोइरालाको नेतृत्वमा रहेको कुरा बुझिाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *