
– लक्ष्मी गुप्ता
नेपालगन्ज, २१ भाद्र – छिमेकी देश भारतको उत्तर प्रदेश राज्यमा अहिले रहस्यमयपूर्ण ज्वरो चलेकोले त्यहाँको जनजीवन त्रस्त बनेको छ । उत्तर प्रदेशमा फैलेको ज्वरो फिरोजाबाद हुँदै विभिन्न ठाउँमा फैलेको छ ।
फरुखाबाद, आजमगढ, देवरिया, बस्ती, मथुरा लगायत ५०औं स्थानमा यो रहस्यमयपूर्ण ज्वरोबाट सर्वसाधारण पीडित बन्दै गएका छन् । विशेष रुपमा बच्चाहरु यस ज्वरोबाट पीडित बन्दै गएका छन् । ज्वरो १०२ डिग्रीसम्म पुग्छ त्यसपछि शरीरमा रातो फोका जस्तो उठ्ने, घाँटी सुक्ने, प्लेट्स खस्ने गर्छ ।
यसमा पखाला पनि लाग्ने गर्छ । भारतको उत्तर प्रदेश राज्यको विभिन्न ठाउँमा यो रहस्यमयपूर्ण ज्वरो फैलिन थालेको छ । यो ज्वरो मौसमी जस्तो भएपनि यो अत्यन्त खतरनाक रहेको छ । उत्तर प्रदेशमा यो ज्वरोबाट ४८ जना बच्चाको मृत्यु भएको छ भने २०० भन्दा बढी बच्चा यस ज्वरोबाट पीडित भई उनीको उपचार भई रहेको छ ।
उत्तर प्रदेश सरकारले यस ज्वरोबाट पीडित बच्चाको निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ ज्वरो आएपछि बच्चाहरुको कोरोना जाँच गर्दा उनीमा कोरोना निगेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ कसैमा नदेखिएकोले यो ज्वरो अझ रहस्यमयपूर्ण बन्दै गएको छ । उत्तर प्रदेशभरी यो ज्वरो तिव्र गतिले फैलिन थालेपछि सरकारले राज्यभरी सफाई कार्य अघि बढाएको छ ।
खुल्ला सीमाको कारण यो रोग यहाँ फैलिँदैन यो कुरा भन्न सकिँदैन यस कारण अब सबै यस रहस्यमय ज्वरोको निराकरणको लागि समयमा सजग र सचेत बनौं । नेपालगञ्ज उमनपामा गन्दगीको सामा्रज्य छ । यहाँ विभिन्न ठाउँमा फौहरमैला थुपारिएको दृश्य सजिलै देख्न सकिन्छ ।
यसबीच वर्षातमा विभिन्न ठाउँको नालानाली जाम रहेकोले कैयन ठाउँमा वर्षाले गर्दा जलभराव भएको छ । यस समय विभिन्न ठाउँमा फोहर मैलाको कारण वातावरण दुर्गन्धमय बनेको छ यसबाट विभिन्न संक्रामक रोग फैलिने खतरा छ । यस कारण उत्तर प्रदेश जस्तो ज्वरोबाट यहाँ कोही पीडित नबनोस् यसको लागि नेपालगञ्ज उमनपाले नगरमा सफाई कार्य तिव्र रुपले बढाउनुपर्ने आवश्यक रहेको देखिन्छ । नेपालगन्ज उमनपाभित्रको ७, ८, १, २ लगायत वार्डमा फोहोर मैलाको कारण सर्वसाधारण त्रसित रहेको देखिन्छन् ।

