
नेपालगन्ज, ७ भाद्र – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ६ फुल्टेक्रामा रहेको श्री शिव पार्वती मन्दिरमा शिवमहापुराण पाठ प्रथम भाग एक महिनापछि बिधिवत रुपमा हवन गरी आज सोमवार समापन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवरामवर्मा र निवृति शिक्षक युवराजवर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका श्री शिवपार्वती मन्दिरमा शिव महापुराण पाठको आयोजना गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ६ फुल्टेक्रा निवासी समजसेवी स्व. बाबुरामकुर्मीद्वारा बि.सं. २०१८ सालमा निर्मित भएको सो श्री शिवपार्वती मन्दिरमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठक बिहान ९ बजेदेखि ११ बजेसम्म शिवमहापुराण पाठ बाचन गर्दै आउनु भएका थिए । पाठ वाचन अवधी भरी जजमानको रुपमा लक्षमण भारती र पाठ बाचन सहयोगीको रुपमा कमलप्रसाद पाठक रहेका थिए ।
श्रावण १० गतेदेखि भाद्र महिनाको ७ गतेसम्म सञ्चालित शिव महापुराण पाठ प्रत्येक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो । भाद्र ७ गते समापन कार्यक्रममा हवन गरेर प्रसाद बितरण गरिएको थियो ।
समाजसेवी माधवरामवर्मा र निवृति शिक्षक युवराजवर्मा (मन्शाराम) ले पाठ श्रवण गर्न आएका सम्पूर्ण श्रद्धालु भक्तजनहरुको लागी सेनीटाइजर र मास्कको व्यवस्था गर्नुभएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ फुल्टेक्रा निवासी पुजारीका रुपमा करीब २४ वर्ष देखि हरिबहादुर क्षेत्रीले श्री शिवपार्वती मन्दिरमा दैनिकी पूजा पाठ गर्दै आई रहनु भएको समापनमा हरिहरप्रसाद खनाल, प्रमोद शर्मा, भरत परसैला, शिक्षक ओमप्रकाश त्रिपाठी लगायतको सहभागिता रहेको समाजसेवी माधवराम बर्माले बताउनु भयो ।




