Monday, April 13सत्यम खबर
Shadow

‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह

नेपालगन्ज, ७ भाद्र – वर्षौदेखि जिर्ण रहेको नाला र बाटो निर्माणको योजना बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले अषाढ महिनामा ५ सय ७८ मिटर दुबै तर्फ नाला निर्माण कार्य सम्पन्न गरेको छ ।
नाला निर्माण कार्य सम्पन्न भईसकेपछि सोही ५ सय ७८ मिटरमा दुबैतर्फ नालाको ढक्कन र पिच बाटो बनाउने भनी वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले पटक–पटक प्रतिबद्धता दोहोर्याएको वडाबासीको भनाई रहेको छ ।


तर यस पटकको वर्षायाम अषाढमा शुरु नभई श्रावणमा शुरु भएको हुँदा हाल निर्माण गरिएको दुर्बतर्फ नालाको अवस्था दयनीय रहेको स्थानीयहरु बताउँछन् ।
स्थानीय छोटकु सोनखरका अनुसार करीब २ महिना बितिसक्दा समेत वडाले ढक्कन र पिच बाटो बनाउने प्रतिबद्धतातर्फ ध्यान नदिएको गुनासो पोख्छन् ।
यसैगरी उक्त ५ सय ७८ मिटर दुबैतर्फ निर्माण गरिएको नालाको ढक्कन नहुँदा स्थानीयहरुलाई बाटोमा आवत–जावत गर्न समस्या हुनुका साथै नाला गन्हाउने गरेको हुँदा खाना खान समेत धौ–धौ रहेको गुनासो पोख्छन् ।
फुल्टेक्रामा निर्माण गरिएको ५ सय ७८ मिटर नालामा ढक्कन नलगाउँदा केही समय अगाडी बर्साती खटिकको छोरा नालामा खसी चोट लागेको र ७ टाँका लगाउनुपर्ने भएको प्रत्यक्षदर्शीहरुले बताए ।


पीडित बर्साती खटिकका बुवा नन्कूराम खटिकाले छिटोभन्दा छिटो नालामाथि ढक्कन लगाउन वडाको ध्यान केन्द्रित हुनुपर्ने बताउँछन् । नन्कूराम खटिका अनुसार समयमा नालामाथि ढक्कन लगाएको भए मेरो पोतालाई चोट लाग्ने थिएन, अरु कसैको बच्चालाई त्यसो नहोस् त्यसतर्फ सचेत रहन वडाले छिटोभन्दा छिटो पिचबाटो र दुबैतर्फ नालामाथि ढक्कनको योजना कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।
हाल निर्माण गरिएको नालाप्रति आफूहरु सन्तुष्ट रहेको तर अब आउने दिनमा बाटो पिच गरी दुबैतर्फ ढक्कन लगाउनतर्फ सबै वडाबासीहरु वडा कार्यालयमा गुहार गर्न जानुपर्ने तर्क स्थानीय अलिअकबर बेहनाले राख्छन् ।
यस टोलको समस्या भएको हुँदा हामीलाई नै यसबारे पहल गर्नुपर्ने तर्क राख्दै ईस्लाम बेहनाले सबैलाई आवश्यक भए मेरो पनि सहभागिता नालामाथि ढक्कन र पिचबाटो तर्फ रहने बताउँछन् ।
वडाअध्यक्षलाई यसबारे किन ढक्कन र बाटो बनाउन ढिलो गर्नुभयो ? प्रश्न गर्दा उनले अब हाम्रो बजेट आउने समय भएको छ, बजेट आएपछि पहिलो प्राथमिकता साथ नालामाथि ढक्कन र पिच बाटो निर्माण गर्ने योजना रहेको बताउँछन् । फुल्टेक्रा टोलको बाटो र ढक्कनको लागि ईष्टीमेट बनाउन निर्देशन दिएको जानकारी गराउँदै अध्यक्ष सिंहले अब असोज–कार्तिक तिर त्यसको निर्माण कार्य थालनी गरिने जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *