Monday, April 13सत्यम खबर
Shadow

जानकी १ नं. वडा बालविवाह मुक्त घोषणा

नेपालगन्ज, १ भाद्र – बाँकेको जानकी गाउँपालिका वडा नं १ बाल विवाहमुक्त घोषणा गरिएको छ । मंगलबार एक घोषणा समारोहको आयोजना गरी वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।

नेपालको कानून अनुसार अबदेखि वडामा कुनै पनि बालबालिकाहरुको बिवाह नहुने भन्दै स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाउँदै वडालाई बाल विवाहमुक्त घोषणा गरिएको छ । जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, वडा नं १ का वडा अध्यक्ष मोहम्मद रजा राई लगायत अन्य वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिकाको कार्यालय, वडा न १ को कार्यालयको समन्वय सहकार्यमा प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आयोजनामा घोषणा समारोह गरी वडालाई घोषणा गरिएको हो ।

बाल विवाहमुक्त वडा घोषणा गर्नका लागि स्याक नेपालले बाल विवाह रोकथाम परियोजनामार्फत बिभिन्न सचेतनामूलक कार्यक्रम, छलफल जस्ता गतिबिधि संचालन गरिएको थियो ।

स्थानीय सरोकारवालाहरुसंग सहमति सहकार्य गर्दै वडालाई बाल विवाहमुक्त घोषणा गर्न सफल भएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।

बालबिबाह मुक्तक वडा घोषणा समारोहमा वडालाई मुक्त बनाउन सहयोगी भूमिका निर्वाह गर्ने वडा अध्यक्ष मो रजा राई, प्रहरी चौकी साईगाउँ का इन्चार्ज , स्याक नेपाल का दुर्गा क्षेत्री, प्लान इन्टरनेशनल नेपाल का जगदिश थापा, उन्नति कल्ब का अध्यक्ष खुश्बू कन्दु तथा सत्यमखबरका पत्रकार सकिल अहमद राईलगायत संस्था प्रतिनिधिहरुलाई खादा ओढाइ प्रमाणपत्रले सम्मान प्रोत्साहन समेत गरिएकाे थियाे ।

यसैगरी कार्यक्रम संचालन द्रोण थापा तथा कार्यक्रम समापन वडा अध्यक्ष मो रजाराईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *