
नेपालगन्ज, २५ श्रावण – सीमावर्ती क्षेत्रमा लागू औषधि कारोबारमा बृद्धि हुँदै गएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समेत निगरानी गर्ने नयाँ–नयाँ तरिका अपनाउन थालेका छन् ।
यसैक्रममा आज सीमावर्ति रुपैडिया बजारमा ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एकजना पक्राउ परेका छन् । रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबु १७५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले १७५ ग्राम ब्राउन सुगरसहित बाबुलाई आज सोमबार पक्राउ गरिएको छ ।
उक्त ब्राउन सुगरको मूल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध बाबुले नेपाल भिœयाउने तयारी गरिरहै बेला उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
यसअघि १३४ ग्राम स्मेक सहित घसियारन टोल कै युवा पक्राउ परेका थिए । उक्त स्मेक पनि नेपाल ल्याउने तयारीमा लागेकै बेला पक्राउ गरिएको थियो । खुला सीमानाकाको फाइदा उठाउँदै कारोबारीहरुले प्रतिबन्धित लागु औषध नेपाल ल्याउने र महंगोमा बिक्री गर्ने गरेका छन् ।

