Tuesday, April 21सत्यम खबर
Shadow

एमाले बाँकेको उपसचिवमा अब्दु हुसेन

नेपालगन्ज, २५ श्रावण – नेकपा एमाले बाँकेको ७ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बैठक अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।
बैठकले रिक्त रहेको उपसचिव पदमा सचिवालय सदस्य अव्दुल हुसेन खाँलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट ब्यूरो सदस्य प्रकाश ज्वालाले आफुहरु विधि सम्मत एमालेको पक्षमा रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विवाद समाधान हुन नसकेको बताउनुभयो ।


बैठकमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य दलवहादुर सुनार लगायतले सम्मानजनक पार्टी एकता हुनु पर्नेमा जोड दिनुभयो ।
बैठकले पार्टी सचिव रत्न खत्रीलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । यसैगरी पार्टी अध्यक्ष कोइरालालाई जनकार्य विभाग प्रमुख, उपसचिव खानलाई स्कुल विभाग र जिल्ला सल्लाहकार परिषद प्रमुख लालबहादुर खत्रीलाई आर्थिक विभाग तथा किशोर थापालाई प्रचार विभाग प्रमुुखको जिम्मेवारी दिएको छ ।
बैठकमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *