Tuesday, April 21सत्यम खबर
Shadow

गाई चोरीमा दुईजना पक्राउ

नेपालगन्ज, ५ श्रावण – विगत १५–२० दिन देखि छाडा रुपमा रहेको जनावरहरु मध्य खास गरी गाई, गोरु, बाछा, बाछीहरु चोरी हुने क्रम बढ्दै गएको छ ।
सोमबार फुल्टेक्रा चौराहाबाट केही व्यक्तिहरुले चौकमा बसिरहेका गाईहरुलाई सामसुम पारी डोरीमा बाँधेर लैजाने क्रममा स्थानीय व्यक्तिहरुले के गरेको, किन लग्न लागेको, कहाँ लैजाने, कसले लैजाने भनी प्रश्न गर्दा चोरी गरी लैजाने व्यक्तिहरु त्रसित भई जनावर छोडी भागेको फुल्टेक्रा निवासी हितेश भारतीले बताउनुभयो ।


त्यसैगरी आज मंगलबार सेतु बिक चौकबाट कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का मोहम्मद अफताब बेडुवा र सोही ठाउँका इकबाल खानलाई गाई चोरी गरिरहेकै अवस्थामा स्थानीयहरुले पक्राउ गरी वडा प्रहरी कार्यालयमा बुझाएका छन् ।
वडा प्रहरी कार्यालयमा थुनिएका चोरद्वयलाई गाई किन चोरी गरेको प्रश्न गर्दा उनीहरुले दुध खानलाई हो, बाटोमा गाईहरु छाडा रहेको हुँदा कसैलाई नभनी पक्राउ गर्दा स्थानीयहरुले हामीलाई समाती वडा प्रहरी कार्यालयमा बुझाएको बताएका छन् ।


प्रत्यक्षदर्शी शिवसेना नेपालका कोषाध्यक्ष मदनराज शर्माका अनुसार विगत केही हप्तादेखि नेपालगन्जको विभिन्न स्थानहरुबाट उपमहानगरबासीहरुको गाई, बाछाहरु चोरी हुने क्रम जारी रहेको तथा आज न्यूरोड, सेतुबिक चौकबाट २ जनालाई रंगेहात पक्राउ गर्न सफल भएको जानकारी गराउँदै पक्राउ गरिएका चोर द्वयलाई वडा प्रहरी कार्यालय नेपालगन्जका जिम्मा लगाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *