
खजुरा, १६ अषाढ – खजुरा गाउँपालिका बाँकेकाे आयाेजनामा धान दिवसकाे अवसर पारी किसानहरूलाई प्राेत्साहन गर्न पुरस्कार वितरण गरिएकाे छ ।
खजुरा गाउँपालिका कृषि शाखाको आयोजनामा खजुरा गापाका प्रमुख प्रसाशाकीय अधिकृत मणिराम खरालको अध्यक्षतामा असार १५ गते मंगलबार धान दिवसका दिन किसानहरुलाई प्रोत्साहन गर्न बढी अन्न तथा तरकारी उत्पादन प्रतियोगिताका कृषकहरुलाई पुरस्कार वितरण कार्य सम्पन्न गरिएकाे बिनय यादवले बताए ।
किसान प्रतियाेगिता बारे कृषि शाखा कार्यालय खजुराले प्रकाशन गरेको सुचनाको आधारमा स्थानीय तहको सिफारिस सहित भरेको निबेदन फारम शाखामा दर्ता भए पश्चात प्राबिधिकहरु खेत खेतमा गई वडा सदस्यहरूको रोहबरमा बालि नमुना फरक फरक पलटबात १¬¬२ मिटरको दरले संकलन गरि बाली चुटेरा प्रत्येक पटकको बाली अलग अलग तौल गरिएको थियो र बाली प्रतियोगितामा भाग लिना धान, गहुँ, दलहन मसुरो, टमाटर, च्याउ र आलु बालीहरुलाई प्रतियाेगितामा सामेल गरिएकाे यादवले जानकारी गराए ।
उक्त प्रतियोगितामा मूल्यांकनको हिसाबले प्रथम प्रतियोगिलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना पुरस्कार ३ हजारका दरले पुरस्कार उपलब्ध गराई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रसाशकीय अधिकृत खरालले यसलाई किसानहरुले सानो रकम नलिनुहोला, यो तपाईहरुको परिश्रमको उचित मुल्यांकन गरि उपहार स्वरूप दिएको पुरस्कार हो, यस्ता कार्यक्रमहरु किसानहरुलाई कृषि क्षेत्रमा उत्पादनको मात्रा बढाउन भोलिका दिनहरुमा पनि सञ्चालन गरिने र मिहिनेत गरेपछि त्यसको फल अवस्य नै पाइन्छ भनी भनाई राख्नु भयाे ।
प्रशासकीय अधिकृत खरालले अगाडि थप्नुभयाे- यस्ता कार्यहरुले राज्यलाई उत्पादनको डाटा संकलन गर्न र व्यवस्थापन गर्न पनि टेवा पुर्याउँछ र यस्तो उत्पादनशिल कार्यले हाम्रो खजुरा गापाले बोकेको ग्रीन सिटीको अवधारणालाई समेत पूर्ण रुपमा सफल बनाउन अवश्य नै टेवा पुग्नेछ तथा उत्पादनमा बृद्धि गर्दै जाने प्रयास निरन्तर जारि राख्ने बताउनुभयाे ।
उहाँले आफुले सिकेका जानेका सिपहरु अरुलाई पनि सिकाउँदै जानुपर्छ, त्यसाे नगरे आफुमा भएका ज्ञान सिपहरु लुप्त हुँदै जान्छन् र आफुले जानेको ज्ञान अरुलाई सिकाउँदा त्यसको बृद्धी हुनुका साथै आफुले पनि नव ज्ञान आर्जन गर्ने अवसर पाईनेछ ।
उहाँले यसरी उत्पादन क्षेत्रलाई बिकसित बनाउन हामी किसानहरुलाई आवश्यक सरसल्लाह, ज्ञान लगायतका विभिन्न सेवाहरु दिन सदैब तत्पर रहने छाैं, भन्दै राष्ट्रिय धान दिवसको सम्पुर्णलाई शुभकामना दिंदै आफ्नो भनाइ राख्नु भयाे ।
यसरी किसानहरुको उत्पादनको मुल्यांकन गरि उहाँहरुलाई पुरस्कार सहित सम्मान गरेकोमा किसानहरु खुसीले गदगद भएका थिए भने कोहीले तालिम त कोहीले हामीलाई भोलिका दिनमा आवश्यक हुन जाने कृषि यन्त्रहरुको व्यवस्थापन मिलाई दिनुहुनका लागि अनुरोध समेत गरेका थिए ।
