Monday, May 4सत्यम खबर
Shadow

खजुराका किसानलाई मोटर प्रदान

खजुरा, ७ अषाढ – खजुरा गाउँपालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत १८ जना किसानहरूलाई मोटर वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा मोटर प्रदान गरिएको हो ।
करीब १७ हजार लागत रहेको १ दशमलव ५ हर्ष पावर मोटर २ इन्च पानी फाल्ने बताइएको छ । मोटर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले कृषिमार्फत रोजगारी श्रृजना गर्ने उद्देश्यले किसानलाई कृषि सामाग्री वितरण गर्दै आएको बताए ।
कार्यक्रममा उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्य भागीरथ सुनार, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, मन्जु खनाल लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *