Friday, November 22सत्यम खबर
Shadow

साहू समाजको बृहत रक्तदानमा १ सय ७ जनाले गरे रक्तदान

नेपालगन्ज, २९ जेष्ठ – साहू समाज जिल्ला कार्य समिति, साहू समाज युवा समिति बाँकेले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
साहू समाजको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जो देश कै रक्तदाताको लिस्टमा दोस्रो स्थानमा रहेका गोपीनाथ वैश्यको हातमा ब्लड बैग प्रदान गरि रक्तदान शुभारम्भ गरिएको थियो । कोभिड–१९ को संक्रमण काल अवस्था रहेको हुँदा बाँके जिल्लामा रहेको नेपाल रेडक्रस सोसाईटी ब्लड बैंकमा रक्त अभाव भएको हुँदा आउने दिनमा केही हकसम्म भएपनि रक्न अभावलाई टार्न सकियो भनी रक्तदान कार्यक्रमको आयोजना गरी बृहत रक्तदान साहू समाज जिल्ला कार्य समिति र युवा समितिमार्फत गरिएको रक्तदान संयोजक प्रदीप शाहले बताउनुभयो ।


“रक्त दान जीवन दान” “सेवा नै धर्म हो” भन्ने कुरालाई आत्मसात गर्दै कोरोना भाइरसले ल्याएको यस विषम परिस्थितिमा रगत अभावले कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् वा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्य साथ उक्त कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक शाहले बताउनुभयो ।

सो रक्तदान कार्यक्रममा प्रमुख अतिथि गोपीनाथ बैश्य, विशिष्ट अतिथि वडा नं.५का वडाध्यक्ष कैफुलवरा जोलाह, ६ नं.का वडाध्यक्ष समीरप्रताप सिंह, समाजसेवी माधवराम वर्मा, समाजका अध्यक्ष हंसराम साहू, कार्यक्रम संयोजक प्रदीप शाहले रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो ।
नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका पूर्व अध्यक्ष रण प्रसाद रानाले ६२ वर्षको उमेरमा पनि रक्तदान गर्नु भएको छ । यसरी रक्तदान गर्नेहरुमा अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, राजिवबहादुर अधिकारी, ओम भारती, बिनोद प्रजापति, निलम शर्मा, रामदीन साहू, शक्ति साहू, सन्तोष साहू, कैलाश साहू, दिपक साहू, राजन कुँवर, आकाश साहू, विशाल गुप्ता, रामआशिष साहू, अजयकुमार गुप्ता, रोहित बनिया, आलोक मिश्र, सलमान बागवान, जानू सल्मानी, तौफिक खान, अजय चौहान, कपिल घिमिरे, विशाल मानन्धर, रितेष बुढामगर, संजय साहू, अमितराज रेग्मी, शिरिष नाग, शरदकुमार राना, सुरज साहू, दिलबहादुर केसी, बिपिन कस्यप, सुर्यप्रकाश साहू, सुशीलकुमार गुप्ता, जितेन्द्र साहू, शिवम् बर्नवाल, अनिल सोनार, विकास पटेल, हिरालाल थारु, बिक्की कनौजिया, संजय साहू, फुलवारीप्रसाद तिवारी, श्यामकुमार गप्ता, कुँवारे राँढ, तुसर तिवारी, गंगासागर साहू, विशाल गुप्ता, रिचा गोयल, सन्मुखियादेवी शाह, हर्षित गुप्ता, कन्धईलाल साहू, राजु यादव, निकित खडका, सुदीपसिंह चौधरी, रामकिसुन साहू, श्यामकुमार साहू, रविरञ्जन वर्मा, दिनेशकुमार साहू, नसीर अली शेष, रोशन चौधरी, डा. शिवशंकर शाह, हेमन्तकुमार वर्मा, गोलू सोनार, जालिम शेष, इमरान सिद्दीकी, मोहनप्रसाद मुराऊ, रामकिशोर बैश्य, अंकित त्रिपाठी, जीवन मौर्य, बृजेशकुमार शर्मा, बलबिन्दर सिंह सरदार, रबिबहादुर थापा, अजय साहू, किसन साहू, अमित कौशल, प्रदीप तिवारी, बिकास साहू, राधेश्याम धोबी, रामकुमार नाउँ, मोहम्मद गुलाब कुरैशी, साहिद शेष, आर्यन यादव, अर्जुन केसी, रबिन आचार्य, सुदिकतम मगर, अजय साहू, रयिाज अन्सारी, जितेन्द्र साहू, काजु घर्तीमगर, सीता बुढाथोकी, राजु चौहान, बिसन साहू, अनमोल थापा, अजय कोरी, आकाश सोनी, सुमित शाह, बिजय कोरी, शिवम् शाह, बिष्णु कोरी, बिमलकुमार साहू, अस्तिको नाग, शुभम् शाह र आयुश दियालीले रक्तदान गर्नु भएको छ ।


साहु समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा कोरोनाले निम्त्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको तथा त्यसमा सहभागी समाजका १ सय ७ जनाले रक्तदान गरेको जानकारी दिँदै संयोजक शाहले यस मानवीय कार्यमा सहभागी भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।


कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिबाट पीडित नागरिकका लागि पनि साहू समाजले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले गरिब, असहाय, पीडितलाई खाद्यान्न वितरण गर्नुका साथै सुरक्षाकर्मी र प्रहरी विटहरुमा समेत पानी, चाउचाउ, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिरहेको छ ।


महामारीको बेलामा हुनेले नहुनेलाई दिनुका साथै आफूबाट हुन सक्ने सहयोग निस्वार्थ रुपले गर्नु नै मानवीय सेवा हो,’ संयोजक शाहले भने । रक्त अभाव हुन नदिनका लागि आयोजना गरिकएको मानवीय कार्यमा सहभागी रक्तदातालाई खाना, फलफूल, ग्लोकोज, फ्रुटी, टिसर्ट र गम्छासहित सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका थिए ।

क्षेत्रीय संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल थापामगर, गुन्जा कनौजिया, हिमाँशु मौर्या, बैकुण्ठ रेग्मीले प्राविधिकमा र समाजका जिल्ला कार्य समितिका, युवा समितिका पदाधिकारीहरुकोले कार्यक्रममा सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *